काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत अन्तिम १६ को खेलमा क्यानडालाई ३-० ले पराजित गर्दै मोरक्को क्वाटरफाइनलमा प्रवेश गरेको छ।
ह्युस्टन रंगशालामा सम्पन्न खेलमा मोरक्कोले दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गर्दै सहज जित निकालेको हो।
मोरक्कोका मिडफिल्डर अज्जेदिन औनाहीले खेलको ५०औँ र ८२औँ मिनेटमा दुई गोल गर्दै टोलीलाई बलियो अवस्थामा पुर्याए।
निर्धारित समय सकिएपछि थप गरिएको इन्जुरी समयको अन्तिम मिनेटमा सुफियान रहिमीले अर्को गोल थप्दै मोरक्कोको ३-० को जित सुनिश्चित गरे।
यस प्रभावशाली जितसँगै मोरक्को फिफा विश्वकप २०२६ को क्वाटरफाइनलमा प्रवेश गरेको छ।




