Nidan Media

पोखरामा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु,चालक गम्भीर

पोखरा। पोखरामा मोटरसाइकल दुर्घटना हुँदा एक महिलाको ज्यान गएको छ भने चालक गम्भीर घाइते भएका छन्।

मृत्यु हुनेमा पोखरा महानगरपालिका वडा नं १८ निवासी २९ वर्षीया रुपा विक रहेकी छन्।
दुर्घटनामा गम्भीर चोट घाइते भएकी विकलाई उपचाका लागि मणिपाल शिक्षण अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।

सोही दुर्घटनामा मोटरसाइकल चालक पोखरा महानगरपालिका-१८ सुन्दरपोखरीका ४३ वर्षीय रामचन्द्र विक गम्भीर घाइते भएका छन्।

उनको मणिपाल शिक्षण अस्पतालमै उपचार भइरहेको छ।

पोखरा महानगरपालिका-१८ लामागाउँमा ग२०प ६०९४ नम्बरको पल्सर मोटरसाइकल अनियन्त्रित भएरसडक छेउको विद्युत् पोलमा ठोक्किएको थियो। सोही मोटरसाइकल ग१ख ४३३५ नम्बरको बसमा ठोक्किएको प्रहरीले जनाएको छ।

दुर्घटनामा संलग्न बस तथा बस चालक अन्नपूर्ण गाउँपालिका-१ नौडाँडाका २४ वर्षीय अभिषेक परियारलाई जिल्ला प्रहरी कार्यालय कास्कीको नियन्त्रणमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.