Nidan Media

सुनकाे भाउ बढ्दा चाँदीको घट्यो, कतिमा हुँदैछ कारोबार?

काठमाडौँ। नेपाली बजारमा साताको पहिला दिन आइतबार सुनको भाउ बढ्दा चाँदीको घटेको छ।

गत शुक्रबारको तुलनामा आइतबार सुनको भाउ तोलामा दुई हजार आठ सय रुपैयाँ बढ्दा चाँदीको १० रुपैयाँ घटेको हो।

मूल्य बढेसँगै आइतबार छापावाला सुनको भाउ प्रतितोला तीन लाख १९ हजार पाँच सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ।

यसअघि गत शुक्रबार सुनको भाउ प्रतितोला तीन लाख १६ हजार सात सय रुपैयाँ रहेको थियो।

गत साउन ३१ गते आइतबार प्रतितोला तीन लाख पाँच हजार दुई सय रुपैयाँमा कारोबार भएको सुनको भाउ एक साता अर्थात भदौ ७ गते आइतबार तोलामा १४ हजार तीन सय रुपैयाँ बढेर तीन लाख १९ हजार पाँच सय पुगेको हो।

यता, गत शुक्रबार प्रतितोला चार हजार नौ सय ८५ रुपैयाँमा कारोबार भएको असली चाँदीको भाउ आइतबार घटेर चार हजार नौ सय ७५ रुपैयाँ कायम भएको छ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.