Nidan Media

क्यानडामाथि ३-० को शानदार जित, मोरक्को विश्वकपको क्वाटरफाइनलमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत अन्तिम १६ को खेलमा क्यानडालाई ३-० ले पराजित गर्दै मोरक्को क्वाटरफाइनलमा प्रवेश गरेको छ।

ह्युस्टन रंगशालामा सम्पन्न खेलमा मोरक्कोले दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गर्दै सहज जित निकालेको हो।

मोरक्कोका मिडफिल्डर अज्जेदिन औनाहीले खेलको ५०औँ र ८२औँ मिनेटमा दुई गोल गर्दै टोलीलाई बलियो अवस्थामा पुर्‍याए।

निर्धारित समय सकिएपछि थप गरिएको इन्जुरी समयको अन्तिम मिनेटमा सुफियान रहिमीले अर्को गोल थप्दै मोरक्कोको ३-० को जित सुनिश्चित गरे।

यस प्रभावशाली जितसँगै मोरक्को फिफा विश्वकप २०२६ को क्वाटरफाइनलमा प्रवेश गरेको छ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.