Nidan Media

भन्सार दर सात तहमा झारियो, तीन सय ६० वस्तुको अन्तःशुल्क खारेज

काठमाडौँ । सरकारले पुँजीगत लाभकरलाई अन्तिम करका रूपमा मान्यता दिएको छ ।

शुक्रबार आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पुँजीगत लाभकर अन्तिम हुने व्यवस्था गरिएको जानकारी दिएका हुन् ।

उनका अनुसार सरकारले भन्सार दरलाई सात तहमा सीमित गरेको छ । यसअघि कायम ११ तहको भन्सार संरचनालाई घटाएर सात तहमा ल्याइएको उनले बताए ।

त्यस्तै बजेटमार्फत विभिन्न ३६० वस्तुमा लाग्दै आएको अन्तःशुल्क पनि खारेज गरिएको अर्थमन्त्री वाग्लेले घोषणा गरे ।

साथै सरकारले नेपाल वायु सेवा निगमनलाई कम्पनीमा रूपान्तरण गर्ने घोषणा गरेको छ ।

अर्थमन्त्री वाग्लेले भने, ‘नेपाल वायु सेवा निगमलाई कम्पनीमा रूपान्तरण गरी व्यवस्थापन सुधार तथा रणनीतिक साझेदारीको उपयुक्त विधि पहिचान गर्नेछौँ ।’

यसैगरी सरकारले नेपाल टेलिकमको सेयर सर्वसाधारणमा विक्री गरिने घोषणा गरेको छ ।

६६ प्रतिशत सेयर सरकारले राखेर बाँकी शेयर पुस मसान्तभित्र विक्री गरिने अर्थमन्त्रीले बताए ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.