Skip to main content

Nidan Media

सूर्यदेवको प्रिय दिनमा राशिफल कस्तो होला?

आजको पञ्चाङ्ग

मिति २०८३ भदौ ७ गते आइतबार, इस्वीसंवत अगष्ट २३ तारिक सन् २०२६, श्रीशाके १९४८, नेपाल संवत् ११४६, रौद्रनामको संवत्सरः, सूर्य पृथ्वीको दक्षिणी गोलार्द्धमा छन्। वर्षा ऋतु चलिरहेको छ। चान्द्रमान अनुसार श्रावणशुक्लपक्ष चलिरहेको छ। आज श्रावणशुक्लपक्षको एकादशी तिथि रातिमा ३ः४९ बजेसम्म त्यसपछि द्धादशी तिथि लाग्नेछ। नक्षत्रमा मूल साँझमा ६ः३८ बजेसम्म त्यसपछि पूर्वाषाढा नक्षत्र लाग्नेछ। विष्कुम्भादि योगमा विष्कुम्भ ६ घटि ४४ पलासम्म त्यसपछि प्रीति योग लाग्नेछ। करणमा वणिज रहनेछ । आनन्दादि योगमा सिद्धि रहनेछ।

सूर्य सिंह राशिमा, चन्द्रमा धनु राशिमा रहनेछ । आज दिनमान ३२ घटि १५ पला अर्थात १३ घण्टा ०३ मिनेटको रहनेछ। आज सूर्योदय काठमाडौँ केन्द्र विन्दुमा रही बिहानमा ५ः३८ बजे रुद्र मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझमा ठीक ६ः३३ बजे हुनेछ। यस्तै, चन्द्रमा उदाउने समय दिनमा ३ः२९ बजे र अस्ताउने समय रातिमा १२ः४९ बजे रहेको छ। आज पुत्रदा एकादशी व्रत गर्ने दिन रहेको छ।

आजको राशिफल

मेषः आज चन्द्रमा धनु राशिमा रहेकाले तपाईंको भाग्य पक्ष बलियो बन्नेछ। रोकिएका काम अघि बढ्नेछन्। अध्ययन, लेखन तथा नयाँ योजना बनाउन अनुकूल समय छ। धार्मिक तथा आध्यात्मिक कार्यमा रुचि बढ्नेछ। कामको सिलसिलामा टाढाको यात्रा गर्नुपर्ने हुन सक्छ। परिवारबाट सहयोग प्राप्त हुनेछ। आर्थिक क्षेत्रमा सामान्य लाभको योग छ।

वृषः आज कार्यक्षेत्रमा जिम्मेवारी बढ्नेछ। मेहनतअनुसार राम्रो परिणाम प्राप्त हुने सम्भावना छ। व्यवसायमा नयाँ अवसर प्राप्त हुन सक्छ। आर्थिक कारोबार गर्दा सावधानी अपनाउनुहोला। परिवारका सदस्यसँग आत्मीयता बढ्नेछ। साथीभाइबाट महत्वपूर्ण सहयोग मिल्न सक्छ। स्वास्थ्यमा सामान्य सुधार आउनेछ। अनावश्यक खर्च नियन्त्रण गर्दा आर्थिक पक्ष बलियो बन्नेछ।

मिथुनः आज साझेदारी तथा व्यावसायिक काममा सफलता मिल्नेछ। सहकर्मीको सहयोगले रोकिएका काम पूरा हुनेछन्। नयाँ व्यक्तिसँगको भेटघाट भविष्यका लागि उपयोगी बन्न सक्छ। आर्थिक क्षेत्रमा सुधार आउनेछ। अध्ययन तथा लेखनमा रुचि बढ्नेछ। प्रेम तथा दाम्पत्य सम्बन्धमा आत्मीयता कायम रहनेछ। महत्वपूर्ण निर्णय गर्दा हतार नगर्नुहोला।

कर्कटः आज मेहनतअनुसार कार्यक्षेत्रमा राम्रो उपलब्धि हासिल गर्न सकिनेछ। जिम्मेवारी बढे पनि त्यसलाई कुशलतापूर्वक पूरा गर्नुहुनेछ। प्रतिस्पर्धात्मक काममा सफलता मिल्नेछ। आर्थिक कारोबारमा सावधानी अपनाउनुहोला। परिवारमा सामान्य असमझदारी आउन सक्छ। बोलीमा संयम राख्दा सम्बन्ध राम्रो बन्नेछ। स्वास्थ्यका लागि पर्याप्त आराम आवश्यक देखिन्छ।

सिंहः आज सिर्जनात्मक काममा सफलता मिल्नेछ। तपाईंका योजना तथा विचारको प्रशंसा हुन सक्छ। व्यापार व्यवसायमा नयाँ सम्भावना देखिनेछ। अध्ययन तथा बौद्धिक क्षेत्रमा प्रगति हुनेछ। प्रेम सम्बन्धमा आत्मीयता बढ्नेछ। सन्तान पक्षबाट खुसीको खबर प्राप्त हुन सक्छ। धार्मिक कार्यमा सहभागी हुने अवसर मिल्नेछ। आर्थिक रूपमा दिन उत्साहजनक रहनेछ।

कन्याः आज घरपरिवारसँग सम्बन्धित विषयमा बढी समय दिनुपर्ने हुन सक्छ। घरायसी कामका कारण व्यस्तता बढ्नेछ। सम्पत्तिसम्बन्धी विषयमा छलफल हुन सक्छ। कार्यक्षेत्रमा सहकर्मीको सहयोग प्राप्त हुनेछ। आर्थिक कारोबारबाट सामान्य लाभ मिल्नेछ। बोलीमा संयम अपनाउनुहोला। पारिवारिक वातावरण शान्त राख्न तपाईंको भूमिका महत्वपूर्ण रहनेछ।

तुलाः आज नयाँ व्यक्तिसँगको भेटघाटले भविष्यमा फाइदा पु¥याउन सक्छ। सञ्चार, व्यापार तथा सामाजिक क्षेत्रमा सक्रियता बढ्नेछ। छोटो यात्राबाट लाभ मिल्ने सम्भावना छ। काममा आएका अवरोध हट्दै जानेछन्। आर्थिक पक्ष सबल बन्नेछ। दाजुभाइ तथा नजिकका व्यक्तिबाट सहयोग प्राप्त हुनेछ। प्रेम तथा पारिवारिक सम्बन्धमा मधुरता कायम रहनेछ।

वृश्चिकः आज आर्थिक विषयमा विशेष ध्यान दिनुपर्ने दिन छ। आम्दानीका नयाँ स्रोत खोज्ने अवसर मिल्न सक्छ। व्यवसायमा गरेको प्रयासले सकारात्मक परिणाम दिनेछ। कार्यक्षेत्रमा तपाईंको मेहनतको मूल्यांकन हुनेछ। परिवारका सदस्यको आवश्यकतामा खर्च हुन सक्छ। पुरानो समस्या समाधान हुने संकेत छ। मानसिक तनाव कम गर्न आराम र सकारात्मक सोचमा ध्यान दिनुहोला।

धनुः आज चन्द्रमा तपाईंको राशिमै रहेकाले आत्मविश्वास र उत्साह बढ्नेछ। नयाँ काम सुरु गर्न तथा महत्वपूर्ण निर्णय लिन अनुकूल समय छ। कार्यक्षेत्रमा जिम्मेवारी बढे पनि सफलता हात लाग्नेछ। व्यापारमा लाभको अवसर प्राप्त हुनेछ। सामाजिक क्षेत्रमा प्रतिष्ठा बढ्न सक्छ। परिवारबाट सहयोग मिल्नेछ। धार्मिक तथा आध्यात्मिक कार्यमा मन आकर्षित हुनेछ।

मकरः आज खर्च बढ्ने सम्भावना भएकाले आर्थिक व्यवस्थापनमा ध्यान दिनुहोला। टाढाको यात्रा वा बाहिरी कामका कारण व्यस्तता बढ्न सक्छ। काममा अपेक्षित परिणाम प्राप्त गर्न केही समय लाग्नेछ। गोप्य विषय अरूसँग साझा नगर्नु राम्रो हुनेछ। परिवारको सहयोग मिल्नेछ। धार्मिक तथा आध्यात्मिक कार्यमा सहभागी हुँदा मानसिक शान्ति प्राप्त हुनेछ।

कुम्भः आज आम्दानी बढाउने अवसर प्राप्त हुन सक्छ। व्यापार व्यवसायमा नयाँ सम्भावना देखिनेछ। साथीभाइ तथा प्रभावशाली व्यक्तिको सहयोगले महत्वपूर्ण काम अघि बढ्नेछ। रोकिएको रकम प्राप्त हुने सम्भावना छ। सामाजिक क्षेत्रमा सक्रियता बढ्नेछ। पारिवारिक वातावरण सुखद रहनेछ। नयाँ योजना कार्यान्वयन गर्न दिन अनुकूल छ। स्वास्थ्यमा पनि सुधार आउनेछ।

मीनः आज कार्यक्षेत्रमा प्रतिष्ठा बढ्ने अवसर मिल्नेछ। वरिष्ठ व्यक्तिबाट सहयोग तथा प्रशंसा प्राप्त हुन सक्छ। नयाँ जिम्मेवारीले तपाईंको क्षमता देखाउने मौका दिनेछ। आर्थिक पक्ष सकारात्मक रहनेछ। व्यापारमा लाभ मिल्ने सम्भावना छ। परिवारमा खुसीको वातावरण बन्नेछ। पुरानो समस्या समाधानतर्फ अघि बढ्नेछ। धैर्य र निरन्तर प्रयासले राम्रो परिणाम दिलाउनेछ।

साइत (यात्रा): सूर्य सिंह राशिमा, चन्द्रमा धनु राशिमा रहनेछ । त्यसैले पूर्व र उत्तरबाहेक अन्य दिशाको यात्रा नगर्नुहोला । आज आइतबार परेकाले पश्चिमतर्फको यात्रा गर्दै नगर्नुहोला । आज पश्चिम र दक्षिणतर्फको यात्रा बाध्यताबश गर्नैपरेको छ भने धार्मिक उपाय अपनाएर शुभ बेलामा गर्दा राम्रो हुनेछ ।

शुभ लाभादि बेला (दिवा)

बिहान ५ः३४ बजेदेखि ७ः१२ बजेसम्म उद्धेग बेला
बिहान ७ः१२ बजेदेखि ८ः५१ बजेसम्म चर बेला
बिहान ८ः५१ बजेदेखि १०ः२९ बजेसम्म लाभ बेला
बिहान १०ः२९ बजेदेखि १२ः०८ बजेसम्म अमृत बेला
मध्यान्हमा १२ः०८ बजेदेखि १ः४६ बजेसम्म काल बेला
दिनमा १ः४६ बजेदेखि ३ः२५ बजेसम्म शुभ बेला
दिनमा ३ः२५ बजेदेखि ५ः०३ बजेसम्म रोग बेला
दिनमा ५ः०३ बजेदेखि ६ः४१ बजेसम्म उद्धेग बेला

शुभ लाभादि बेला (रात्रि)
साँझ ६ः४१ बजेदेखि ८ः०३ बजेसम्म चर बेला
साँझ ८ः०३ बजेदेखि ९ः२५ बजेसम्म लाभ बेला
राति ९ः२५ बजेदेखि १०ः४६ बजेसम्म अमृत बेला
राति १०ः४६ बजेदेखि १२ः०० बजेसम्म काल बेला
राति १२ः०० बजेदेखि १ः३० बजेसम्म शुभ बेला
राति १ः३० बजेदेखि २ः५१ बजेसम्म रोग बेला
रातिमा २ः५१ बजेदेखि ४ः१३ बजेसम्म उद्धेग बेला
रातिमा ४ः१३ बजेदेखि ०५ः३४ बजेसम्म चर बेला
यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।

राहुकाल समयः दिनमा ४ः३० देखि ६ः०० बजेसम्म राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।

नोटः यो पञ्चांगको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौँ, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेदस्थान र विपरीत वेदस्थान समेतको गणना गरिएको छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.