Nidan Media

आज राष्ट्रिय भू-संरक्षण दिवस मनाइँदै

काठमाडौँ । बाढी, पहिरो र भू-क्षयजस्ता प्राकृतिक प्रकोप न्यूनीकरण गर्दै पारिस्थितिक सन्तुलन कायम राख्ने तथा जमिनको उर्वराशक्ति संरक्षण गर्ने उद्देश्यले आज राष्ट्रिय भू-संरक्षण दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ।

प्राकृतिक प्रकोपबाट हुने क्षति न्यूनीकरण, माटोको कटान नियन्त्रण तथा भौतिक पूर्वाधारको संरक्षणमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले यो दिवस मनाउने गरिन्छ।

भू-संरक्षणका माध्यमबाट वातावरणीय सन्तुलन कायम राख्नुका साथै कृषि उत्पादन र प्राकृतिक स्रोतको दीगो व्यवस्थापनमा समेत योगदान पुग्ने विश्वास गरिएको छ।

इतिहास हेर्दा भू तथा जलाधार संरक्षण विभाग स्थापना भएको दिन साउन २४ गतेलाई स्मरण गर्दै विसं २०३१ देखि राष्ट्रिय भू-संरक्षण दिवस मनाउँदै आएको पाइन्छ।

दिवसका अवसरमा भू-संरक्षणको महत्वबारे जनचेतना अभिवृद्धि गर्न वृक्षरोपण, अन्तरक्रिया, सचेतनामूलक कार्यक्रमलगायत विभिन्न कार्यक्रम आयोजना गरिँदै आएका छन्।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.