Nidan Media

आज पहाडी र तराई क्षेत्रमा भारी वर्षा हुन सक्छ: मौसम विभाग

काठमाडौँ। देशभर मनसुनी प्रणाली सक्रिय बनेसँगै आज पनि विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना देखिएको छ।

मौसम पूर्वानुमान महाशाखाले विशेषगरी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई क्षेत्र, साथै बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागका एक/दुई स्थानमा भारी वर्षा हुन सक्ने जनाएको छ।

महाशाखाका अनुसार आज राति पनि बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई क्षेत्रका केही स्थानमा ठूलो वर्षा हुने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउनुपर्ने अवस्था छ।

यस्तै, देशका हिमाली क्षेत्रका थोरै स्थान र पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुने अनुमान गरिएको छ।

हाल देशभर मनसुनी वायुको प्रभाव कायम रहेको छ भने मनसुनको न्यून चापीय रेखा औसत (सरदर) स्थानको आसपासमा रहेकाले आगामी केही दिनसम्म पनि वर्षाको क्रम जारी रहने संकेत देखिएको मौसमविद्हरूको भनाइ छ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.