Nidan Media

आईसीसी वुमेन्स च्यालेन्ज ट्रफीमा सहभागी हुने नेपाली टोलीलाई बिदाई

काठमाडौँ। क्यानले बुधबार एक कार्यक्रम आयोजना गर्दै रुवान्डामा हुने आईसीसी वुमेन्स च्यालेन्ज ट्रफीमा सहभागी हुन जाने नेपाली टोलीलाई बिदाइ गरेको हो ।

बिदाइ कार्यक्रममा कप्तान इन्दु बर्माले यसपटक लामो समयको प्रशिक्षण क्याम्प र विदेशी प्रशिक्षकको नेतृत्वमा टोलीको प्रदर्शनमा उल्लेखनीय सुधार आएको बताएकी छन् । उनले आगामी दिनमा अझ उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्य रहेको पनि बताइन् ।

उनले भनिन्, ‘जति पनि हामी क्रिकेट खेल्दै आयौँ, अब २०८३ सालमा अझ राम्रो खेलेर जित हासिल गर्ने छौँ । लामो समयको प्रशिक्षण क्याम्प र विदेशी कोचको अन्डरमा धेरै कुरा सुधार भइरहेको छ । रणनीतिअनुसार धेरै सुधार भएको छ, क्यानले पनि महिला क्रिकेटलाई धेरै सपोर्ट गरेको छ । यसपटक उपाधि जितेर नै फर्कने लक्ष्य लिएका छौँ।’

मुख्य प्रशिक्षक हर्षल पाठकले यसपटकको क्याम्प प्रभावकारी भएको र दबाबमा राम्रो प्रदर्शन गर्नु सबैभन्दा महत्वपूर्ण पक्ष रहने बताएका छन् ।

अप्रिल १८ देखि मे १ सम्म हुने प्रतियोगितामा नेपालसँगै इटाली, रुवान्डा, अमेरिका र भानुआतुले प्रतिस्पर्धा गर्ने छन् ।

नेपालको टोलीमा इन्दु बर्मा (कप्तान), पूजा महतो, बिन्दु रावल, रुबिना क्षेत्री, रुबी पोदार, रोमा थापा, कविता जोशी, कविता कुँवर, सम्झना खड्का, अनु कडायत, सुमन विष्ट, रिया शर्मा, रचना चौधरी र मनिषा उपाध्याय छन् ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.