Nidan Media

रवि लामिछानेलाई ल्याउने भएपछि रुपन्देहीमा कडा सुरक्षा

रुपन्देही ।

सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई बयानका लागि रुपन्देही राखिने भएपछि अहिले जिल्ला प्रहरी कार्यालय रुपन्देही वरिपरि सुरक्षा व्यवस्था कडा पारिएको छ ।

बुटवलको सुप्रिम सहकारी प्रकरणमा जिल्ला अदालत रुपन्देहीबाट पक्राउ पुर्जी जारी भएपछि बयानका लागि रविलाई रुपन्देहीमा राखिने भएको छ ।

उनलाई बिहान ५ बजे नै पोखरा विमानस्थल पुर्‍याइएको थियो । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका रवि लामिछाने २५ दिनदेखि कास्की प्रहरीको हिरासतमा छन् ।

बुद्ध एयरको जहाजमार्फत ७ बजे भैरहवा प्रस्थान गर्ने भनिएपनि भैरहवाको मौसमका कारण ढिलाइ भएको छ ।

भैरहवा विमानस्थलको भिजिबिलिटी कम हुँदा उडान हुन सकेको छैन ।  भिजिबिलिटी कम्तीमा १ हजार ८ सय हुनुपर्नेमा अहिले ८ सय रहेको विमानस्थलले जनाएको छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.