आजको पञ्चाङ्ग
मिति २०८३ मंसिर ८ गते मंगलबार, इस्वीसंवत नभेम्बर २४ तारिक सन् २०२६, श्रीशाके १९४८, नेपाल संवत् ११४७, रौद्रनामको संवत्सरः, सूर्य पृथ्वीको दक्षिणी गोलार्द्धमा छन्। शरद ऋतु चलिरहेको छ। चान्द्रमान अनुसार कार्तिकशुक्लपक्ष चलिरहेको छ। आज कार्तिकशुक्लपक्षको पूर्णिमा तिथि रातिमा ९ः१० बजेसम्म त्यसपछि प्रतिपदा तिथि लाग्नेछ। नक्षत्रमा कृत्तिका रातिमा १ः१० बजेसम्म त्यसपछि रोहिणी लाग्नेछ। विष्कुम्भादि योगमा परिध २८ घटि ४५ पलासम्म त्यसपछि शिव योग लाग्नेछ। करणमा भद्रा रहनेछ। आनन्दादि योगमा गद रहनेछ।
सूर्य वृश्चिक राशिमा, चन्द्रमा मेष राशिमा रहनेछ। आज दिनमान २६ घटि २६ पला अर्थात १० घण्टा ३७ मिनेटको रहनेछ। आज सूर्योदय काठमाडौँ केन्द्र विन्दुमा रही बिहानमा ६ः३३ बजे जयदेव मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझमा ठीक ५ः०७ बजे हुनेछ। यस्तै, चन्द्रमा उदाउने समय दिनमा ४ः३९ बजे र अस्ताउने समय भोलि बिहानमा ६ः०१ बजे रहेको छ। आज गुरु नानक जयन्ती, चतुर्मास व्रत समाप्तिको दिन रहेको छ।
आजको राशिफल
मेषः आजको दिन तपाईंको दृढ इच्छाशक्तिले कठिन परिस्थितिमा पनि हिम्मत र साहस बढाउनेछ। काममा लगनशीलता र निरन्तर प्रयासले उत्कृष्ट परिणाम ल्याउनेछ। आर्थिक पक्षमा सुधारका संकेत देखिनएको छ। तर खर्चबारे सोचविचार गर्नुपर्छ। नयाँ योजनालाई कार्यान्वयन गर्ने अवसर प्राप्त हुनेछ। मित्रजनको सहयोगले योजना सफल बनाउने सम्भावना बढी हुनेछ। पारिवारिक सम्बन्धमा समझदारी र धैर्यले मेलमिलाप कायम रहने ग्रहगोचर छ।
वृषः आज भावनात्मक पक्ष बलियो रहनेछ भने पारिवारिक जिम्मेवारी निभाउँदा मनमा सन्तुष्टि अनुभव हुनेछ। घरायसी काममा समय व्यतीत गर्दा घरको वातावरण सुमधुर बनाउनेछ। आर्थिक मामिलामा सोचविचारपूर्वक कदम चाल्नु लाभदायक हुनेछ। साथीहरूसँगको सहकार्यले राहत दिनेछ र नयाँ योजना सफलतापूर्वक अघि बढ्न मद्दत गर्नेछ। प्रेम जीवनमा संवेदनशीलता आवश्यक छ। समझदारीले सम्बन्ध मजबुत बनाउने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ।
मिथुनः आज रचनात्मक सोचले जटिल कामहरू सहजतापूर्वक पूरा हुनेछ। सामाजिक क्षेत्रमा सक्रिय रहँदा मित्रता र सहयोगको वातावरण सिर्जना हुनेछ। साथीहरूसँगको सहकार्यले रमाइलो र सकारात्मक माहोल दिनेछ। आर्थिक पक्षमा सुधारका संकेत देखिनेछ। पारिवारिक सहयोग प्राप्त हुँदा तनाव कम हुनेछ। प्रेम सम्बन्धमा मिठास र समझदारी बढ्नेछ। स्वास्थ्य सामान्य रहनेछ तर व्यायाम र सन्तुलित भोजनमा ध्यान दिनु लाभदायक हुने ग्रहगोचर रहेको छ।
कर्कटः आज व्यक्तिगत र व्यवसायिक दुवै क्षेत्रमा सफलता प्राप्त गर्न हुनेछ। काममा ध्यान केन्द्रित गर्दा अवरोध कम हुनेछन् र सहजता महसुस हुनेछ। साथीहरूसँगको सहकार्यले मानसिक राहत दिनेछ। पारिवारिक सम्बन्धमा सुमधुर संवाद कायम हुनेछ। खर्च व्यवस्थापनमा ध्यान दिँदा भविष्य सुरक्षित हुनेछ। नयाँ अवसरको खोजी गर्दा सफलता प्राप्त हुने सम्भावना छ। प्रेम जीवनमा विश्वास र समझदारी बलियो हुने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ।
सिंहः आज तपाईंमा नेतृत्व क्षमता प्रकट हुनेछ। काममा सक्रियता देखाउँदा उत्कृष्ट परिणाम प्राप्त हुनेछ। सामाजिक प्रतिष्ठा बढ्ने छ, जसले काम र व्यक्तिगत जीवन दुवैमा सकारात्मक प्रभाव पार्नेछ। आर्थिक पक्ष सन्तुलित रहनेछ तर वित्तीय निर्णयहरूमा सोचविचार आवश्यक हुनेछ। मित्रजनबाट सहयोग प्राप्त हुने सम्भावना छ। पारिवारिक वातावरण हर्षोल्लासपूर्ण रहनेछ र घरमा मेलमिलाप बढ्नेछ। प्रेम सम्बन्धमा नजिकपन र समझदारी बढ्ने ग्रहगोचर छ।
कन्याः आज सकारात्मक सोचले जटिल कार्य समाधान गर्न मद्दत गर्नेछ। दैनिकीमा अनुशासन कायम राख्दा काम सहज र सफल हुनेछ। आर्थिक हिसाबकिताब मिलाउन सकिनेछ भने खर्च व्यवस्थापनले दीर्घकालीन लाभ दिनेछ। सहकर्मीहरूसँगको समन्वयले कार्य प्रगति तीव्र बनाउनेछ। आज नयाँ योजना कार्यान्वयन गर्न उचित समय रहेको छ।
तुलाः आज सन्तुलन कायम राख्दै अघि बढ्दा सबै क्षेत्रमा सहजता अनुभव हुनेछ। सामाजिक सम्बन्ध बलियो हुनेछ र मित्रतामा नयाँ अवसर ल्याउनेछ। आर्थिक पक्षमा सुधार आउने सम्भावना छ र नयाँ अवसर प्राप्त गर्न सकिनेछ। सहकार्यबाट लाभ र सहयोग प्राप्त हुनेछ। पारिवारिक वातावरण खुसीमय रहनेछ। घरमा मेलमिलाप बढ्नेछ। स्वास्थ्यमा ध्यान दिँदा गरिरहेको काममा निरन्तरता दिन सकिनेछ। आज बिहानै उठेर शिवजीको दर्शन गर्दा निकै राम्रो हुनेछ।
वृश्चिकः आज आत्मविश्वास र जोशको अभिवृद्धि हुनेछ। नयाँ काम सुरु गर्दा उत्साहसँगै अघि बढ्न सहयोग पुग्नेछ। कार्यस्थलमा जिम्मेवारी लिनु सहज लाग्नेछ। सहकर्मीहरूसँगको सहकार्यले कामलाई थप सफल बनाउनेछ। साथीभाइसँगको भेटघाटले मन प्रफुल्लित हुनेछ। आर्थिक पक्षमा सोचविचारपूर्वक कदम चाल्दा दीर्घकालीन लाभ हुनेछ। पारिवारिक वातावरणमा शान्ति र सुमधुरता कायम रहने देखिएको छ।
धनुः आज यात्राको योजना वा व्यवसायिक भेटघाट सफल हुनेछ। सोचविचारपूर्वक कदम चाल्न सकिए आर्थिक लाभ प्राप्त गर्न सजिलो हुनेछ। सामाजिक क्षेत्रमा सक्रियता बढाउने र सहकार्यबाट लाभ पाउने समय छ। पारिवारिक वातावरण अनुकूल रहनेछ। घरमा शान्ति र समझदारी कायम रहनेछ। प्रेम सम्बन्धमा मधुरता र आत्मविश्वास बढ्नेछ। स्वास्थ्य सामान्य रहनेछ। व्यायाम र सन्तुलित भोजनमा ध्यान दिनुपर्ने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ।
मकरः आज जिम्मेवारी र कर्तव्यप्रति सजग रहँदा तपाईंको काममा प्रगति देखिनेछ। आर्थिक पक्ष सुदृढ रहनेछ। लगानी वा खर्चमा सोचविचार गरेर गर्नुहोला। योजना कार्यान्वयन गर्दा सहकर्मीहरूसँगको सहयोग महत्वपूर्ण रहनेछ। पारिवारिक सम्बन्ध सन्तुलित रहनेछ। घरमा मेलमिलाप बढ्नेछ। सामाजिक प्रतिष्ठा बढ्ने संकेत देखिन्छ। प्रेम जीवनमा स्थिरता र समझदारी कायम रहनेछ। आज टाढाको यात्रा भने सकभर नगर्नुहोला।
कुम्भः आज लगानी र खर्चको विषयमा सतर्क रहनु लाभदायक हुनेछ। सामाजिक सम्बन्ध विस्तार हुनेछन्। मित्रसँगको भेटघाटले मन प्रफुल्लित बनाउनेछ। पारिवारिक वातावरण सहयोगी र प्रेमपूर्ण रहनेछ। प्रेम जीवनमा गहिरो भावना प्रकट हुनेछ। समझदारीले सम्बन्ध मजबुत बनाउने देखिन्छ। स्वास्थ्यमा सामान्य उतारचढाव आउने भएकाले आराम र पोषणमा ध्यान दिनुहोला। आत्मविश्वास कायम राख्दा चुनौतीहरू सहजै पार गर्न सकिने ग्रहगोचर रहेको छ।
मीनः आज नवीन सोच र सिर्जनशीलताले काममा नयाँ दिशा दिनेछ। मित्रसँगको सहकार्यले लाभदायक परिणाम ल्याउनेछ। आर्थिक पक्षमा सुधार र नयाँ अवसर प्राप्त हुनेछ। पारिवारिक वातावरण सहज र सहयोगी रहनेछ। प्रेम सम्बन्धमा नयाँपन महसुस हुनेछ। स्वास्थ्य सामान्य रहनेछ। आज दिउँसोपछि परिवारमा मतभेद हुन सक्ने भएकाले बोली व्यवहारमा संयमता अपनाउनु आवश्यक हुनेछ। कार्यक्षेत्रमा कामको चाप बढ्ने योग रहेको छ। व्यापारमा आम्दानी र खर्च लगभग बराबर रहने देखिएको छ।
साइत (यात्रा): सूर्य वृश्चिक राशिमा, चन्द्रमा मेष राशिमा रहनेछ। त्यसैले पूर्वबाहेक अन्य दिशाको यात्रा नगर्नुहोला। आज मंगलबार परेकाले उत्तरतर्फको यात्रा गर्दै नगर्नुहोला। आज उत्तर, पश्चिम र दक्षिणको यात्रा बाध्यताबश गर्नैपरेको छ भने धार्मिक उपाय अपनाएर शुभ बेलामा गर्दा राम्रो हुनेछ।
शुभ लाभादि बेला (दिवा)
बिहान ६ः३० बजेदेखि ७ः५० बजेसम्म रोग बेला
बिहान ७ः५० बजेदेखि ९ः१० बजेसम्म उद्धेग बेला
बिहान ९ः१० बजेदेखि १०ः३० बजेसम्म चर बेला
बिहान १०ः३० बजेदेखि ११ः४९ बजेसम्म लाभ बेला
बिहानमा ११ः४९ बजेदेखि १ः०९ बजेसम्म अमृत बेला
दिनमा १ः०९ बजेदेखि २ः२९ बजेसम्म काल बेला
दिनमा २ः२९ बजेदेखि ३ः४९ बजेसम्म शुभ बेला
दिनमा ३ः४९ बजेदेखि ५ः०९ बजेसम्म रोग बेला
शुभ लाभादि बेला (रात्रि)
साँझ ५ः०९ बजेदेखि ६ः४९ बजेसम्म उद्धेग बेला
साँझ ६ः४९ बजेदेखि ८ः२९ बजेसम्म चर बेला
राति ८ः२९ बजेदेखि १०ः१० बजेसम्म लाभ बेला
राति १०ः१० बजेदेखि ११ः५० बजेसम्म अमृत बेला
राति ११ः५० बजेदेखि १ः३० बजेसम्म काल बेला
राति १ः३० बजेदेखि ३ः१० बजेसम्म शुभ बेला
रातिमा ३ः१० बजेदेखि ४ः५१ बजेसम्म रोग बेला
रातिमा ४ः५१ बजेदेखि ०६ः३१ बजेसम्म उद्धेग बेला
यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।
राहुकाल समयः दिनमा ३ः०० देखि ४ः३० बजेसम्म राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन।




