मकवानपुर। मकवानपुरको भीमफेदीमा यात्रुवाहक सुमो जिप दुर्घटना हुँदा चीन जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्।
बिहीबार बिहान रौतहटको चन्द्रनिगाहपुरबाट काठमाडौँ आउँदै गरेको ना.१ ज २१४३ नम्बरको सुमो जिप गाउँपालिका-१ भैँसेस्थित हेटौँडा-भैँसे सडकखण्डको घुम्तीमा अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल भैँसे खोलामा खसेको हो।
दुर्घटनामा जीप चालकसहित १० जना घाइते भएका थिए। प्रहरीले तत्काल उद्धार गरी उनीहरूलाई उपचारका लागि हेटौँडा अस्पताल पठाएको थियो। चिकित्सकले तीन जनालाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ।
अन्य सात जना घाइतेको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।




