Skip to main content

Nidan Media

पश्चिमी वायु र ‘अक्वान’ चक्रवातको आंशिक प्रभाव, तराईमा हुस्सु र तुवाँलो

काठमाडौँ। देशभर पश्चिमी वायुका साथै ‘अक्वान’ चक्रवातको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

यसको प्रभावले बिहीबार बिहान कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागमा आंशिक बदली रहेको छ। तराईका भाग, उपत्यका तथा खोँचका धेरै स्थानमा तुवाँलो र हुस्सु लागेको महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार बिहीबार दिउँसो कोशी र मधेस प्रदेशका साथै बागमती र गण्डकी प्रदेशका हिमाली भूभागमा आंशिक बदली रहनेछ। देशका अन्य भूभागमा भने मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ।

त्यस्तै, बिहीबार राति कोशी र मधेस प्रदेशमा आंशिक बदली रहने र बाँकी भूभागमा मौसम सफा रहने महाशाखाले जनाएको छ।

तराईका भूभाग, उपत्यका तथा खोँचका केही स्थानमा बिहानपख हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.