Skip to main content

Nidan Media

विपद्का कारण मुख्य राजमार्ग प्रभावित, म्याग्दी र मनाङमा एकतर्फी सडक सञ्चालन

काठमाडौँ । विपद्का कारण देशका विभिन्न स्थानमा मुख्य राजमार्ग तथा सडक प्रभावित भएका छन्। नेपाल प्रहरीले बिहान ६ बजेसम्मको विवरण सार्वजनिक गर्दै म्याग्दी र मनाङका सडकखण्डमा यातायात प्रभावित रहेको जनाएको छ।

म्याग्दीको रघुगंगा गाउँपालिका-२ बैसरीमा पहिरोका कारण मुख्य राजमार्ग अवरुद्ध भएको थियो। २०८३ असोज १० गते बिहान ५ः५० बजेदेखि अवरुद्ध सडक असोज १४ गते अपराह्न ४ः४५ बजेबाट एकतर्फी सञ्चालनमा आएको प्रहरीको विवरणमा उल्लेख छ।

यस्तै, कालीगण्डकी गाउँपालिका-३ जन्तीमा पहिरोका कारण बेनी-जोमसोम सडकखण्डअन्तर्गत कालीगण्डकी करिडोर प्रभावित भएको छ।

उक्त सडकखण्ड पूर्णरूपमा अवरुद्ध रहेको र अर्को सूचना नभएसम्म अवस्था यथावत रहने उल्लेख छ।

मनाङमा २०८३ असोज १८ गते अपराह्न ४ बजेबाट बेँसीसहर हुँदै खाङसारसम्म जाने सडक पनि प्रभावित भएको छ।

उक्त सडक एकतर्फी सञ्चालनमा रहे पनि ठूला सवारीसाधन आवतजावत गर्न नसक्ने प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार विपद्का कारण प्रभावित सडकखण्डमा यातायात सञ्चालनमा कठिनाइ रहेकाले यात्रुले यात्रा गर्नुअघि सडकको अवस्थाबारे जानकारी लिन आवश्यक छ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.