काठमाडौँ। काभ्रेमा बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन्।
खानीखोला गाउँपालिका-१ स्याउलीथलीस्थित पनौती-तालढुङ्गा भित्री सडकखण्डमा नम्बर नखुलेको बोलेरो जीप सडकबाट करिब दुई सय मिटर तल खसेर दुर्घटना भएको हो।
दुर्घटनामा जीपमा सवार हाल नामथर र वतन नखुलेका दुई जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा अन्य तीन जना गम्भीर घाइते भएका छन्।
घटनास्थलमा उद्धारका लागि प्रहरी टोली र एम्बुलेन्स खटिएको छ।
दुर्घटनाको कारण तथा मृतक र घाइतेको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।




