धनगढी। कैलालीको बर्दगोरिया गाउँपालिका-१ कट्टिपुरस्थित पूर्व-पश्चिम राजमार्गमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।
आज बिहान पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको नवलपरासी (सुस्ता पूर्व) कावासोती नगरपालिका-१६ डण्डाका २६ वर्षीय दिनेश गिरीले चलाएको सु.प.प्र.०१-००१ ख ३६९५ नम्बरको ट्रकले सोही दिशातर्फ जाँदै गरेको लु.प्र.०१०१० प ००४५ नम्बरको ईभी स्कुटरलाई ठक्कर दिएको थियो।
दुर्घटनामा गम्भीर घाइते भएकी बर्दगोरिया गाउँपालिका-४ निवासी ६२ वर्षीया सावित्री देवी सापकोटाको दोदोधरा अस्पताल प्रालि, मुडागाउँमा उपचारका क्रममा बिहान ८ः४० बजे मृत्यु भएको हो।
घटनापछि ट्रक, ईभी स्कुटर र ट्रक चालक गिरीलाई इलाका प्रहरी कार्यालय सडकपुर, कैलालीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।




