रोल्पा । रोल्पामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ।
लुङ्ग्री गाउँपालिका-१ खदरका ५९ वर्षीय वीरबहादुर खत्रीको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका निमित्त सूचना अधिकारी एवं प्रहरी निरीक्षक कृष्ण श्रेष्ठले जानकारी दिए।
प्रहरी निरीक्षक श्रेष्ठका अनुसार बिहीबार राति आफ्नै घरमा बसिरहेका बेला चट्याङ लागेर खत्री घाइते भएका थिए।
उनको स्थानीय स्वास्थ्य संस्थामा उपचारका क्रममा मृत्यु भएको हो।




