काठमाडौँ। नेपाली बजारमा बिहीबार एकैदिन सुनको भाउ तोलामा आठ हजार रुपैयाँ बढेको छ। चाँदीको भाउसमेत तोलामा ९५ रुपैयाँ बढेको छ।
मूल्य बढेसँगै बिहीबार छापावाला सुन प्रतितोला दुई लाख ९६ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ।
यसअघि बुधबार सुनको भाउ प्रतितोला दुई लाख ८८ हजार रुपैयाँ रहेको थियो। सुनको भाउ घट्ने प्रक्षेपक्ष भइरहँदा नेपालमा दुई दिनमा सुनको भाउ तोलामा १२ हजार दुई सय रुपैयाँ बढेको हो
यता,बुधबार चार हजार चार सय ९५ रुपैयाँमा कारोबार भएको असली चाँदीको भाउ बढेर बिहीबार चार हजार पाँच सय ७० रुपैयाँ कायम भएको छ।




