नवलपुर। नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को कावासोती नगरपालिका-८ हलचोकस्थित पूर्व-पश्चिम राजमार्गमा ट्रकको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ।
कावासोतीबाट डण्डातर्फ जाँदै गरेको नम्बर नखुलेको ट्रकले पैदलयात्री कावासोती-८ निवासी ७९ वर्षीय तुलसीप्रसाद च्वाईलाई ठक्कर दिएको थियो। दुर्घटनामा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनापछि फरार भएको ट्रकको खोजीका क्रममा प्रहरीले बिहान करिब ७ः३० बजे मध्यबिन्दु नगरपालिका-११ स्थित पूर्व-पश्चिम राजमार्गबाट शंकास्पद बा ३ क १९०३ नम्बरको ट्रक फेला पारी नियन्त्रणमा लिएको छ।
ट्रकका चालक भने फरार रहेकाले उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।




