Nidan Media

वीरगञ्जमा कुटपिटबाट घाइते महिलाको उपचारका क्रममा मृत्यु, एक पक्राउ

वीरगञ्ज। पर्साको वीरगञ्ज महानगरपालिका-१४ पिपरा चिनिमिलमा कुटपिटबाट घाइते भएकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ। घटनामा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ भने अर्काको खोजी भइरहेको छ।

प्रहरीका अनुसार असार ३१ गते बिहान सडक विस्तारका क्रममा भत्किएको घरको इँटा हटाउने विषयमा भएको विवादका क्रममा स्थानीय करिब ५० वर्षीया लिलावती देवीमाथि मनोज प्रसाद कुर्मी र लक्की प्रसाद पटेलले कुटपिट गरेका थिए।

घटनामा घाइते भएकी लिलावती देवीलाई उपचारका लागि नारायणी अस्पताल लगिएको थियो। साउन ३२ गते उपचारपछि उनी डिस्चार्ज भएकी थिइन्।

तर साउन १४ गते साँझ स्वास्थ्य अवस्था पुनः बिग्रिएपछि उनलाई फेरि सोही अस्पतालमा भर्ना गरिएको थियो। उपचारकै क्रममा साँझ ७ः२० बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।

घटनापछि प्रहरी चौकी गण्डकबाट खटिएको टोलीले कुटपिटमा संलग्न लक्कीप्रसाद पटेललाई पक्राउ गरेको छ।

फरार रहेका मनोजप्रसाद कुर्मीको खोजी भइरहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको छ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.