आजको पञ्चाङ्ग
मिति २०८३ साउन १३ गते बुधबार, इस्वीसंवत जुलाई २९ तारिक सन् २०२६, श्रीशाके १९४८, नेपाल संवत् ११४६, रौद्रनामको संवत्सरः, सूर्य पृथ्वीको दक्षिणी गोलार्द्धमा छन्। ग्रीष्म ऋतु चलिरहेको छ। चान्द्रमान अनुसार आषाढशुक्लपक्ष चलिरहेको छ। आज आषाढशुक्लपक्षको पूर्णिमा तिथि साँझमा ७ः२९ बजेसम्म त्यसपछि प्रतिपदा तिथि लाग्नेछ। नक्षत्रमा उत्तरषाढा दिनमा ४ः११ बजेसम्म त्यसपछि श्रवण नक्षत्र लाग्नेछ। विष्कुम्भादि योगमा प्रीति ४९ घटि ५८ पलासम्म त्यसपछि आयुष्मान योग लाग्नेछ। करणमा भद्रा अहोरात्र रहनेछ । आनन्दादि योगमा वज्र रहनेछ।
सूर्य कर्कट राशिमा, चन्द्रमा मकर राशिमा रहनेछ । आज दिनमान ३३ घटि ३८ पला अर्थात १३ घण्टा ३० मिनेटको रहनेछ। आज सूर्योदय काठमाडौँ केन्द्र विन्दुमा रही बिहानमा ५ः२६ बजे तुरुदेव मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझमा ठीक ६ः५३ बजे हुनेछ । यस्तै, चन्द्रमा उदाउने साँझमा ६ः५६ बजे र अस्ताउने समय रातिमा ४ः५० बजे रहेको छ। आज व्यास जयन्ती, विश्व बाघ दिवस र गुरुपूर्णिमा रहेको छ।
आजको राशिफल
मेषः आज महत्वाकांक्षी योजनाहरू सार्वजनिक गरी आर्थिक क्षेत्र बलियो बनाउन सकिनेछ। व्यापार व्यवसाय, औद्योगिक क्षेत्र तथा शेयर बजारमा लगानी गरी नाफा कमाउन सकिनेछ। लेखन कलाको विकास हुनेछ भने लेखेरै नाम कमाउन सकिनेछ। दाजुभाइ तथा बन्धुबान्धबको सहयोगले राम्रा काम गर्न सकिनेछ। छोटो दुरीको यात्राको तय गर्न सकिनेछ। माया प्रेमको डोरो कसिलो भएर जानेछ भने जीवन साथीको भरपुर सहयोग पाइने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ।
वृषः आज धन स्थानमा गोचर गर्ने चन्द्रमाले व्यापार वा शेयर बजारमा लगानी बढाई मनग्गे धन आर्जन गर्न सकिनेछ। सानो प्रयत्नले उपलब्धिमूलक कामहरू गर्न सकिनेछ भने आफन्त तथा कुटुम्बको सहयोग पाइनेछ। ज्ञान, कला तथा साहित्यलाई निखार्न सकिनेछ। बिचार र बोलीले धेरैको मन जित्न सकिनेछ। परिवारका साथ रमाइलो यात्रा गर्न सकिनेछ। प्रेममा रमाउन चहानेहरुका लागि आजको दिन निकै उत्तम रहेको छ।
मिथुनः आज नयाँ प्रविधिको प्रयोगमार्फत रचनात्मक काम गरी मनग्य धन आर्जन गर्न सकिनेछ। आफन्त तथा कुटुम्बको धन परिचालन गरेर आम्दानी बढाउन पनि सकिनेछ। बिछोड भएका सम्बन्धहरू पुनः सुचारु हुनेछन्। आफन्त तथा अग्रजहरूको सहयोगले राम्रा काम गर्न सकिनेछ। प्रेमको डोरो कसिलो भएर जानेछ भने पतिपत्नी बिच विश्वास बढ्नेछ। होटल तथा रेष्टुरेन्ट व्यवसाय फस्टाएर जाने ग्रहगोचर छ।
कर्कटः आज गरिरहेको काम अचानक बिग्रन सक्नेछ। लगानी, दौडधूप, श्रम र प्रयत्नको उचित प्रतिफल नपाइने समय रहेको छ। नयाँ काममा हात हाल्न केही समय पर्खँदा राम्रो हुनेछ। स्वास्थ्यसम्बन्धी समस्याले सताउन सक्ने भएकाले खानपानमा ध्यान दिनुहोला। लामो दुरीको यात्राको तय गर्न सकिने भए पनि यात्रा गर्दा आफ्नो धनमालको सुरक्षामा विशेष ध्यान दिनुहोला। आज पारिवारिक तनाव बढ्ने योग रहेको छ।
सिंहः आज पछिसम्म फाइदा हुने व्यापार, शेयर बजार तथा औद्योगिक क्षेत्रमा लगानी गरी आम्दानी सुनिश्चित गर्न सकिनेछ। आर्थिक अवस्था सुदृढ हुनाले रोकिएका कामहरू तीव्र गतिमा सञ्चालन हुनेछन्। प्राकृतिक स्रोत साधनको प्रयोग गरी आर्थिक छलाङ मार्न सकिनेछ। बैक तथा वित्तीय पेशासँग सम्बन्धित कामहरूबाट आम्दानी बढाउन सकिनेछ। माया प्रेममा नजिक हुने समय रहेको छ भने जीवन साथीसँग थप आत्मीय भाव बढ्ने ग्रहगोचर छ।
कन्याः आज पुराना समस्याहरू समाधान गरी आम्दानीका स्रोतहरू बढाउन सकिनेछ। शत्रु परास्त हुनेछन् भने आफ्नो क्षेत्रमा वर्चस्व कायम राख्न सकिने तथा पहुँच बिस्तार गर्न सकिनेछ। बुवा वा बुवा सरहका मानिसबाट तपाईँको काममा सहयोग हुनेछ। परिवार तथा आफन्तको साथ पाइने हुनाले काम गर्न सहयोग पुग्नेछ। नोकरी तथा व्यावसायिक क्षेत्रमा देखिएका चुनौतीहरूलाई चिर्दै गन्तव्यमा पुग्न सकिनेछ। प्रेम सम्बन्धहरूलाई विवाहमा परिणत गरी घर गृहस्थी सुचारु गर्ने समय रहेको छ।
तुलाः आज लामो समयदेखि रोकिएका कामहरू बन्नुको साथै गरिरहेको कामबाट मनग्गे आम्दानी हुनेछ। आफन्त तथा जीवन साथीको साथ पाइने हुनाले मन प्रशन्न हुनेछ। समाजमा तारिफयोग्य काम गरी नाम कमाउन सकिनेछ भने सामाजिक क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गर्नु पर्नेछ। उच्च शिक्षाको लागि लामो दुरीको यात्रा हुनेछ। व्यापार तथा शेयर बजारमा लगानी गर्ने समय रहेको छ।
वृश्चिकः आज भौतिक सम्पत्ति तथा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला अप्रिय घटना घट्न सक्नेछ। लामो समयदेखिको प्रेममा अविश्वास बढ्न सक्छ। पढाइ लेखाइमा समय दिन नकस्दा अरूभन्दा पछि परिनेछ। आफन्त तथा दिदी बहिनीसँग विवाद सिर्जना हुनेछ। व्यापार व्यवसायमा आम्दानी बढाउन निकै नै समय खर्चनु पर्नेछ। खानपान तथा बाहिरी वातावरणको ख्याल गर्नुहोला, नत्र स्वास्थ्यसम्बन्धी समस्या आउनेछ।
धनुः आज एकल तथा साँझेदारी व्यवसायमा लगानी गरी प्रशस्त नाफा कमाउन सकिने छ। पढाइ लेखाइमा भनेजस्तो नतिजा हात लाग्ने हुनाले आफन्त तथा अग्रजहरू खुसी रहनेछन्। पारिवारिक यात्राका क्रममा स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ। माया प्रेममा सामिप्यता बढेर जानेछ भने पतिपत्नीबीच मायाको डोरो कसिलो हुनेछ। सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोगमार्फत आफ्ना विचारहरू जनमानसमा लैजान सकिने देखिन्छ।
मकरः आज शैक्षिक प्रतिस्पर्धामा विजयको योग रहेको छ। तपाईँका कुरा काट्नेहरू हार खानेछन्। अदालतका न्यायिक निर्णयहरू तपाईँकै पक्षमा हुनेछन्। पुराना ऋण तथा रोगहरूलाई किनारा लगाउँदै परिणाममुखी काम गर्न सकिनेछ। अध्ययन अध्यापनमा भनेजस्तो सफलता हात पार्न सकिनेछ। प्रेममा रमाउन चाहनेहरूका लागि समय उत्तम रहेको छ। व्यापार व्यवसायमा आज गरिने लगानीबाट भविष्यमा नाफा कमाउन सकिने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिन्छ।
कुम्भः आज पढाइ लेखाइमा मन जाने हुनाले नतिजा आफैतिर ल्याउन सकिनेछ। शेयर बजार तथा व्यापार व्यवसाय अरू दिन भन्दा सुधार भएर जाने हुनाले दैनिकी सुदृढ हुनेछ। आफन्तबाट उपहार प्राप्तिको योग रहेको छ। माया प्रेममा नजिक हुने तथा मायाको डोरो कसिलो भएर जानेछ। सामाजिक काम गरी नाम तथा दाम दुवै कमाउन सकिनेछ। आफन्त तथा छोराछोरीको प्रगतिमा मन प्रशन्न हुने ग्रहगोचर छ।
मीनः आज आफन्तको सहयोगमा राम्रा तथा उपलब्धिमूलक काम गर्न सकिनेछ। घरजग्गा तथा सवारी साधन जोड्न सकिने छ। व्यापारमा उल्लेख्य वृद्धि हुने र पारिवारिक सम्बन्ध सुदृढ बन्नेछ। प्रेममा रमाउन चाहनेहरूका लागि समयले साथ दिएको छ। राजनीति तथा सामाजिक काममा जनताको काम गर्दा प्रतिष्ठा बढ्नेछ। शेयर बजार तथा वित्तीय क्षेत्रमा आज गरिने लगानीबाट भनेजस्तो आम्दानी गर्न सकिने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ।
साइत (यात्रा): सूर्य कर्कट राशिमा, चन्द्रमा धनु राशिमा रहनेछ । त्यसैले पूर्वबाहेक अन्य दिशाको यात्रा नगर्नुहोला । आज बुधबार परेकाले उत्तरतर्फको यात्रा गर्दै नगर्नुहोला । आज पश्चिम, दक्षिण र उत्तरतर्फको यात्रा बाध्यताबश गर्नैपरेको छ भने धार्मिक उपाय अपनाएर शुभ बेलामा गर्दा राम्रो हुनेछ ।
शुभ लाभादि बेला (दिवा)
बिहान ५ः२२ बजेदेखि ७ः०४ बजेसम्म लाभ बेला
बिहान ७ः०४ बजेदेखि ८ः४६ बजेसम्म अमृत बेला
बिहान ८ः४६ बजेदेखि १०ः२८ बजेसम्म काल बेला
बिहान १०ः२८ बजेदेखि १२ः१० बजेसम्म शुभ बेला
मध्यान्हमा १२ः१० बजेदेखि १ः५२ बजेसम्म रोग बेला
दिनमा १ः५२ बजेदेखि ३ः३४ बजेसम्म उद्धेग बेला
दिनमा ३ः३४ बजेदेखि ५ः१६ बजेसम्म चर बेला
दिनमा ५ः१६ बजेदेखि ६ः५७ बजेसम्म लाभ बेला
शुभ लाभादि बेला (रात्रि)
साँझ ६ः५७ बजेदेखि ८ः१६ बजेसम्म अमृत बेला
साँझ ८ः१६ बजेदेखि ९ः३४ बजेसम्म काल बेला
राति ९ः३४ बजेदेखि १०ः५२ बजेसम्म शुभ बेला
राति १०ः५२ बजेदेखि १२ः१० बजेसम्म रोग बेला
राति १२ः१० बजेदेखि १ः२८ बजेसम्म उद्धेग बेला
राति १ः२८ बजेदेखि २ः४६ बजेसम्म चर बेला
रातिमा २ः४६ बजेदेखि ४ः०४ बजेसम्म लाभ बेला
रातिमा ४ः०४ बजेदेखि ०५ः२३ बजेसम्म अमृत बेला
यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।
राहुकाल समयः मध्यान्हमा १२ः०० देखि १ः३० बजेसम्म राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।
नोटः यो पञ्चांगको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौँ, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेदस्थान र विपरीत वेदस्थान समेतको गणना गरिएको छ ।




