काठमाडौँ। नेपाली बजारमा साताको दोस्रो दिन सोमबार पनि सुनचाँदीको मूल्य वृद्धि भएको छ।
आइतबारको तुलनामा सुनको भाउ तोलामा एक हजार चार सय र चाँदीको ३५ रुपैयाँ बढेको हो।
मूल्य बढेसँगै सोमबार छापावाला सुनको भाउ प्रतितोला दुई लाख ८८ हजार पाँच सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ ।
यसअघि आइतबार सुनको भाउ प्रतितोला दुई लाख ८७ हजार एक सय रुपैयाँ रहेको थियो।
यता, आइतबार प्रतितोला चार हजार चार सय १० रुपैयाँमा कारोबार भएको असली चाँदीको भाउ सोमबार बढेर चार हजार चार सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ।





