Nidan Media

नेपाललाई तेस्रो झट्का, कप्तान रोहित पौडेल पनि सस्तैमा आउट

काठमाडौँ। आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपालको ब्याटिङ संकट गहिरिएको छ।

शुरूआती दुई विकेट गुमाइसकेको नेपालले अब कप्तान रोहित पौडेलको विकेट पनि गुमाएको छ।

रोहित १२ बलमा ३ रन बनाएर अलेक्जेन्डर रोयको बलमा एलबीडब्लू आउट भए।

उनको बहिर्गमनसँगै नेपालले ९.३ ओभरमा ३३ रन बनाउँदा ३ विकेट गुमाएको छ।

यसअघि ओपनर कुशल भुर्तेल ९ रन र विकेटकिपर आसिफ शेख १४ रन बनाएर आउट भएका थिए। अहिले ईशान पाण्डे र दिपेन्द्रसिंह ऐरी क्रिजमा छन्।

विश्वकप लिग-२ मा पुनरागमनको लक्ष्यसहित मैदानमा उत्रिएको नेपालका लागि शीर्षक्रमको लगातार असफलताले ठूलो दबाब सिर्जना गरेको छ।

अब प्रतिस्पर्धात्मक योगफल बनाउन मध्यक्रमले लामो साझेदारी गर्नु अपरिहार्य बनेको छ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.