काठमाडौँ। नेपाली बजारमा सोमबार पनि सुनचाँदीको मूल्य घटेको छ।
आइतबारको तुलनामा सोमबार सुनको भाउ तोलामा एक हजार एक सय र चाँदीको ८० रुपैयाँले घटेको हो।
मूल्य घटेसँगै सोमबार छापावाला सुनको भाउ प्रतितोला दुई लाख ६९ हजार एक सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ।
यसअघि आइतबार सुन प्रतितोला दुई लाख ७० हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, आइतबार प्रतितोला तीन हजार छ सय रुपैयाँमा कारोबार भएको असली चाँदीको भाउ सोमबार घटेर तीन हजार पाँच सय २० रुपैयाँ कायम भएको छ।




