Nidan Media

नेदरल्यान्ड्सविरुद्धको महत्वपूर्ण खेलमा नेपालको कमजोर शुरूआत, कुशल र आशिफ आउट

काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेदरल्यान्ड्सविरुद्धको महत्वपूर्ण खेलमा नेपालले कमजोर शुरूआत गरेको छ।

टस हारेर पहिले ब्याटिङमा उत्रिएको नेपालले ६.४ ओभरमा २५ रन बनाउँदा दुई विकेट गुमाएको हो।

नेपालका ओपनर कुशल भुर्तेल २० बलमा ९ रन बनाएर काइल क्लाइनको बलमा एलबीडब्लू आउट भए। त्यसपछि विकेटकिपर ब्याट्सम्यान आसिफ शेख १७ बलमा १४ रन बनाएपछि नोआ क्रोसबाट क्याच आउट हुँदै अलेक्जेन्डर रोयको शिकार बने।

हाल ईशान पाण्डे र कप्तान रोहित पौडेल क्रिजमा छन्। नेपालले सुरुआती दुई विकेट सस्तैमा गुमाएपछि मध्यक्रममाथि इनिङ्स सम्हाल्ने ठूलो जिम्मेवारी आएको छ।

नामिबियासँग पहिलो खेलमा पराजित भएको नेपालका लागि आजको खेल विश्वकप लिग-२ मा पुनरागमन गर्ने अवसर हो।

प्रतिस्पर्धात्मक लक्ष्य तयार गर्न अब रोहित पौडेल र ईशान पाण्डेबीच ठूलो साझेदारी आवश्यक देखिएको छ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.