Nidan Media

राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान गण्डकीको अध्यक्षमा तिवारी निर्वाचित

पोखरा । राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान नेपाल, गण्डकी प्रदेशको लेखनाथ तिवारी अध्यक्षमा निर्वाचित भएका छन्। पोखरामा हालै सम्पन्न प्रतिष्ठानको तेस्रो वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशनले तिवारीलाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो ।

प्रतिष्ठानको वरिष्ठ उपाध्यक्षमा नारायणप्रसाद सिग्देल, उपाध्यक्षमा शालिग्राम गौतम, महिला उपाध्यक्ष अनिता पन्त, महासचिवमा प्रकाशचन्द्र वाग्ले, सचिवमा ऋषिराम ढुङ्गाना सेवक, कोषाध्यक्षमा रामप्रसाद अधिकारी तथा भागीरथ कँडेल सहकोषाध्यक्षमा चयन भएका छन्।

त्यसैगरी सदस्यहरूमा खडानन्द भट्ट, धुर्वराज घिमिरे, बसन्तराज त्रिपाठी, विश्वचन्द्र सुवेदी, उमादेवी सुवेदी, राजनप्रसाद पौडेल, ढाकामोहन पौडेल, दीपक अधिकारी, झपेन्द्रबहादुर क्षेत्री, छविलाल तिवारी, नारायणप्रसाद पौडेल, माधवप्रसाद घिमिरे, पूर्णभद्र अधिकारी, चन्द्रकला अधिकारी, तीर्थराज तिवारी, मनोहर दाहाल, ऋषिराम घिमिरे र गोविन्दप्रसाद सापकोटा छन्।

पोखरामा सम्पन्न अधिवेशनको उद्घाटन गण्डकी प्रदेश प्रमुख माननीय डिल्लीराज भट्टले गरेका थिए। कार्यक्रममा प्रतिष्ठानका केन्द्रीय अध्यक्ष नारायण खनाल लेकाली, संस्थापक अध्यक्ष प्राज्ञ प्रजापति पराजुली, प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङ, केन्द्रीय सल्लाहकार पुरुषोत्तम न्यौपाने, दुर्गाप्रसाद कोइराला, दीपेन्द्र ढकाल, वरिष्ठ उपाध्यक्ष प्रेमराज अधिकारीलगायत विभिन्न प्रदेश तथा जिल्लाबाट आएका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा लोक भजन तथा चुड्का संरक्षणमा योगदान पुर्‍याएका प्राज्ञ प्रजापति पराजुली, पत्रकार इन्द्रप्रसाद पौडेल, भरतचन्द्र गौतम, टेकबहादुर क्षेत्री, मुक्तिनाथ पौडेल, कोषराज कमली, रुबिना कुँवर, निर्मल चालिसे, श्रीमन डल्लाकोटीलगायतका व्यक्तित्व तथा उत्कृष्ट जिल्ला कार्यसमिति कास्कीलाई सम्मान गरिएको थियो।

निवर्तमान अध्यक्ष वसन्त बास्तोलाले अधिवेशन सफल बनाउन सहयोग गर्ने दाताहरू, विभिन्न संघसंस्था, भजन समूह, आमा समूह, सञ्चारकर्मी, सुरक्षाकर्मी तथा अन्य सहयोगीप्रति आभार व्यक्त गर्दै नवनिर्वाचित अध्यक्ष लेखनाथ तिवारीसहित सम्पूर्ण कार्यसमितिलाई सफल कार्यकालको शुभकामना दिएका छन्।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.