Skip to main content

Nidan Media

कोशीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ। पश्चिमी वायुको आंशिक प्रभावका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली हुने भएको छ। तराई क्षेत्रमा भने मौसम मुख्यतया सफा रहनेछ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो कोशी प्रदेशका हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना छ। देशका अन्य हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली हुने अनुमान गरिएको छ।

महाशाखाका अनुसार आज राति कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागमा आंशिक बदली हुनेछ। अन्य हिमाली तथा पहाडी क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ।

तराईका साथै उपत्यका र खोँचमा बिहानपख केही स्थानमा हुस्सु वा कुहिरो लाग्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.