Nidan Media

महालक्ष्मीको प्रिय दिनमा राशिफल

सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः ।
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दुःख भाग्भवेतः ।।
ॐ शान्तिः शान्तिः शान्तिः 

आजको पञ्चाङ्ग

मिति २०८३ असार १२ गते शुक्रबार, इस्वीसंवत जुन २६ तारिक सन् २०२६, श्रीशाके १९४८, नेपाल संवत् ११४६, रौद्रनामको संवत्सरः, सूर्य पृथ्वीको उत्तरी गोलार्द्धमा छन्। ग्रीष्म ऋतु चलिरहेको छ। चान्द्रमान अनुसार शुद्धज्येष्ठशुक्लपक्ष चलिरहेको छ। सौरमान अनुसार आज शुद्धज्येष्ठशुक्लपक्षको द्धादशी तिथि रातिमा ११ः०० बजेसम्म त्यसपछि त्रयोदशी तिथि लाग्नेछ। नक्षत्रमा विशाखा रातिमा ८ः३९ बजेसम्म त्यसपछि अनुराधा नक्षत्र लाग्नेछ। विष्कुम्भादि योगमा सिद्धि २१ घटि २६ पलासम्म त्यसपछि साध्य योग लाग्नेछ। करणमा बब अहोरात्र रहनेछ । आनन्दादि योगमा मातंग रहनेछ।

सूर्य मिथुन राशिमा, चन्द्रमा तुला राशिमा रहनेछ । आज दिनमान ३४ घटि ३५ पला अर्थात १३ घण्टा ५३ मिनेटको रहनेछ । आज सूर्योदय काठमाडौँ केन्द्र विन्दुमा रही बिहानमा ५ः११ बजे विभिषण मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझमा ठीक ७ः०१ बजे हुनेछ । यस्तै, चन्द्रमा उदाउने दिनमा ४ः०९ बजे र अस्ताउने समय राति १ः५७ बजे रहेको छ । आज अन्तर्राष्टिय लागुपदार्थ तथा अवैध तस्करी विरुद्धको दिवस रहेको छ।

आजको राशिफल

मेषः आज समय खराब रहनेछ । काम गर्ने सवालमा होशियार रहनुहोला काम बिगार्ने तथा तपाईको नकारात्मक सोच्नेहरू सक्रिय हुनेछन् । आम्दानी हुने ठाउँमा शत्रुका आँखा लाग्न सक्छ, ध्यान दिनुहोला । परिश्रको फल अरुलेनै हत्याउन कोसिस गर्नेछन् । अध्ययनमा मन जानेछैन भने नतिजा अरुकै पोल्टोमा पर्नेछ । दाजुभाईहरूको नराम्रा सल्लाह मान्दा काम बिग्रनेछ भने भौतिक सम्पति तथा सवारी साधनको प्रयोग गर्दा ख्याल गर्नुहोला ।

वृषः आज स्वास्थ्य भरपर्दो रहने छैन। सरकारी तथा प्रशासनिक स्तरबाट आवश्यक सहयोग नपाइने हुँदा समयमा कामहरू सम्पादन हुने छैनन् । प्यापार व्यावसायमा भनेजस्तो आम्दानी नहुँदा आर्थिक रुपमा कमजोर भएको महसूस हुनेछ । अध्ययन तथा अध्यापनमा अलि बढी समय दिन सके नजिता तपाईँको पक्षमा आउनेछ । प्रणय सम्बन्धमा चिसोपनको विकास हुनेछ भने घर परिवार तथा आफन्तसँग मनमुटाव बढ्ने योग छ ।

मिथुनः आज समय तथा परिस्थिति अनुकुल रहनाले व्यापार व्यावसायबाट मनग्गे आम्दानी हुनेछ। उच्च अध्ययनको शिलशिलामा छोटो तथा लामो दूरीको यात्राको तय गर्न सकिनेछ । धार्मिक प्रतिष्ठान तथा मठ मन्दिरमा हुने विभिन्न क्रियाकलापमा सहभागी भई अरुको सेवा गर्ने अवसर प्राप्त हुने हुँदा मन प्रशन्न रहनेछ । आज आफन्तसँगको भेटघाट निकै रमाइलो हुनेछ ।

कर्कटः आज स्वास्थ्य भरपर्दो रहनेछ । माया प्रेम तथा मित्रताको बन्धन कसिलो हुनेछ । भौतिक सम्पति तथा उपहार प्राप्त हुनेछ । व्यापार व्यावसायमा गरेको लगानी फस्टाएर जाने तथा आम्दानीका स्रोत बढाउन सकिनेछ । बौद्धिक कार्यमा सहभागी भई काम गर्ने अवसर जुर्ने तथा बुद्धिमतापूर्वक गरिएको श्रमबाट मनग्गे पैसा कमाउन सकिनेछ । पढाइलेखाईमा उत्कृष्ट नतिजा हात लगाउन सकिनेछ ।

सिंहः आज समय शुभ छैन । नीति नियम तथा कानून नमान्दा फन्दामा परिन सकिन्छ, ध्यान दिनुहोला । सत्रुले दुःख दिनेछन् भने न्यायलयबाट हुने न्यायिक निर्णयहरू तपाईंका पक्षमा हुने छैनन् । सीमित स्रोत तथा साधनबाट असीमित आवश्यक्ताहरू पूरा गर्नुपर्नेछ भने यस्तै बेलामा आम्दानीका स्रोतहरू साँघुरा हुनेछन् । ऋण लाग्ने तथा समयमा आर्थिक ब्यवस्थापन गर्न नसक्दा कामहरू अरुकै हातमा जानेछ ।

कन्याः आज समय तथा स्वास्थ्य राम्रो छैन । आफन्तहरू टाढिनेछन् भने शुभचिन्तकहरूको सहयोग तथा समर्थन पाइने छैन । राजनीति थता समाज सेवामा जनताको काम गर्दा पनि आलोचनाको शिकार हुनुपर्दा मन खिन्न हुनेछ । यात्रा गर्दा वा सवारी साधनको प्रयोग गर्दा ख्याल गर्नुहोला । समय मध्ययम रहेकोछ । माया प्रेममा अविश्वास बढ्नेछ भने घरमा आमासँग पनि मनमुटाव सिर्जना हुनेछ ।

तुलाः आज समय अत्यन्तै शुभ छ । नयाँ नयाँ कामको प्रस्ताव आउनेछ भने तपाईले शुरू गरेको काममा साथ दिने तथा सहयोग गर्ने मानिसहरू भेटिनेछन् । व्यापार व्यावसाय फस्टाएर जाने हुनाले आर्थिक व्यवस्थापनका मुद्दाहरू हल भएर जानेछन् । छोटो तथा लामो दुरीको उपलब्धिमूलक यात्राको तय हुनेछ भने यात्राका क्रममा राम्रा तथा परिणाममुखी कामहरू गर्न सकिनेछ । मुद्दा मामिला तथा न्यायिक निर्णयहरू तपाईंकै पक्षमा हुनेछन् ।

वृश्चिकः आज समय खराब छ । राजनीति तथा सामाजिक बिषयको उठान गर्दा अलि बढी अध्ययन तथा अनुसन्धान गरि प्रस्तुत हुनुहोला किनकी प्रतिस्पर्धीहरू तपाइँभन्दा बलिया हुन सक्छन् । राम्रो काम गर्दा गर्दै गलत आक्षेप लगाउनेहरू हावी हुनेछन् भने कार्यक्षेत्रमा तपाईँको आलोचना गर्नेहरू सक्रिय हुनेछन् । समस्या समाधानका लागि चालिएका कदमहरू निरर्थक हुनेछन् ।

धनुः आज स्वास्थ्य सबल रहनेछ । राम्रो कम्पनीबाट नोकरीको प्रस्ताव आउन सक्छ । कामका लागि विदेश जाने सम्भावना पनि छ । यो वर्ष आर्थिक क्षेत्रमा तपाईँका लागि मिश्रित फलदायक छ । आर्थिक क्षेत्रमा उतारचढाउ आउन सक्छन् । तपाईँको आय र व्ययमा निकै फरक आउन सक्छ र त्यसैले आर्थिक जीवनमा आय र व्ययमा उचित समायोजन गर्नुहोला ।

मकरः आज समय तथा स्वास्थ्य अनुकुल छैन । पढाइलेखाईमा सफलता प्राप्त गर्न अलि बढी नै समय लगानी गर्नुपर्नेछ । आफन्त तथा अग्रज व्यक्तित्वहरूसँग सैद्धान्तिक विषयमा राय बाझिनेछ भने घर परिवार तथा आफन्तहरूबाट भनेजस्तो सहयोग नपाइने हुँदा दिगो काम गर्ने अवसर गुम्नेछ । पिर नगरी सक्रिय भएर काममा लागेमा अधिकतम् लाभ लिन सकिनेछ ।

कुम्भः आज समय शुभ, स्वास्थ्य राम्रो रहनेछ, आर्थिक क्षेत्रमा तपाईँले एउटा ठूलो उपलब्धि हासिल गर्नुहुनेछ । आर्थिक लाभका बलिया अवसरहरू छन् । व्यापारमा नयाँ विचारले तपाईँलाई आर्थिक लाभ वृद्धि गर्नमा मद्दत गर्ने छन् । आज तपाईँ प्रशस्त धन कमाउन सफल हुनुहुनेछ । आज विशेष कार्यक्रममा भाग लिने अवसर मिल्नेछ । शैक्षिक क्षेत्रबाट पनि पुरस्कृत हुन सकिनेछ ।

मीनः आज समय मध्यम छ । तपाईँले आरोहअवरोहको सामना गर्नु पर्नेछ । प्रेम जीवनका लागि अनुकूल छैन। चुनौतीको सामना गर्नुपर्ने छ । नोकरी र व्यापारको शिलशिलामा घरबाट टाढा जानुपर्ने हुन सक्छ। गाडी सावधानीपूर्वक हाँक्नुहोला । दिदिबहिनी तथा आफन्तसँग अनावश्यक विवाद हुन सक्छ । पढाइलेखाईमा ध्यान नजाँदा नतिजा अरुकै पक्षमा आउनेछ ।

साइत (यात्रा): सूर्य मिथुन राशिमा, चन्द्रमा तुला राशिमा रहनेछ । त्यसैले दक्षिणबाहेक अन्य दिशाको यात्रा नगर्नुहोला । आज शुक्रबार परेकाले पश्चिमतर्फको यात्रा गर्दै नगर्नुहोला । आज पश्चिम, पूर्व र उत्तर तर्फको यात्रा बाध्यताबश गर्नैपरेको छ भने धार्मिक उपाय अपनाएर शुभ बेलामा गर्दा राम्रो हुनेछ ।

शुभ लाभादि बेला (दिवा)

बिहान ५ः०७ बजेदेखि ६ः५१ बजेसम्म चर बेला
बिहान ६ः५१ बजेदेखि ८ः३५ बजेसम्म लाभ बेला
बिहान ८ः३५ बजेदेखि १०ः१९ बजेसम्म अमृत बेला
बिहान १०ः१९ बजेदेखि १२ः०३ बजेसम्म काल बेला
मध्यान्हमा १२ः०३ बजेदेखि १ः४६ बजेसम्म शुभ बेला
दिनमा १ः४६ बजेदेखि ३ः३० बजेसम्म रोग बेला
दिनमा ३ः३० बजेदेखि ५ः१४ बजेसम्म उद्धेग बेला
दिनमा ५ः१४ बजेदेखि ६ः५८ बजेसम्म चर बेला

शुभ लाभादि बेला (रात्रि)

साँझ ६ः५८ बजेदेखि ८ः१४ बजेसम्म लाभ बेला
साँझ ८ः१४ बजेदेखि ९ः३० बजेसम्म अमृत बेला
राति ९ः३० बजेदेखि १०ः४६ बजेसम्म काल बेला
राति १०ः४६ बजेदेखि १२ः०३ बजेसम्म शुभ बेला
राति १२ः०३ बजेदेखि १ः१९ बजेसम्म रोग बेला
राति १ः१९ बजेदेखि २ः३५ बजेसम्म उद्धेग बेला
रातिमा २ः३५ बजेदेखि ३ः५१ बजेसम्म चर बेला
रातिमा ३ः५१ बजेदेखि ०५ः०७ बजेसम्म लाभ बेला
यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।

राहुकाल समयः बिहानमा १०ः३० देखि १२ः०० बजेसम्म राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।

नोटः यो पञ्चांगको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौँ, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेदस्थान र विपरीत वेदस्थान समेतको गणना गरिएको छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.