सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः ।
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दुःख भाग्भवेतः ।।
ॐ शान्तिः शान्तिः शान्तिः
आजको पञ्चाङ्ग
मिति २०८३ असार ६ गते शनिबार, इस्वीसंवत जुन २० तारिक सन् २०२६, श्रीशाके १९४८, नेपाल संवत् ११४६, रौद्रनामको संवत्सरः, सूर्य पृथ्वीको उत्तरी गोलार्द्धमा छन्। ग्रीष्म ऋतु चलिरहेको छ। चान्द्रमान अनुसार शुद्धज्येष्ठशुक्लपक्ष चलिरहेको छ। सौरमान अनुसार आज शुद्धज्येष्ठशुक्लपक्षको षष्ठी तिथि रातिमा ९ः०६ बजेसम्म त्यसपछि सप्तमी तिथि लाग्नेछ। नक्षत्रमा मघा दिनमा ३ः०१ बजेसम्म त्यसपछि पूर्वाफाल्गुनी नक्षत्र लाग्नेछ। विष्कुम्भादि योगमा वणिज ३३ घटि २८ पलासम्म त्यसपछि सिद्धि योग लाग्नेछ। करणमा कौलव अहोरात्र रहनेछ । आनन्दादि योगमा पद्म रहनेछ।
सूर्य मिथुन राशिमा, चन्द्रमा सिंह राशिमा रहनेछ । आज दिनमान ३४ घटि ३६ पला अर्थात १३ घण्टा ५३ मिनेटको रहनेछ । आज सूर्योदय काठमाडौँ केन्द्र विन्दुमा रही बिहानमा ५ः१० बजे यम मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझमा ठीक ७ः०१ बजे हुनेछ । यस्तै, चन्द्रमा उदाउने बिहानमा १०ः३१ बजे र अस्ताउने समय राति ११ः२१ बजे रहेको छ । आज शरणार्थी दिवस रहेको छ ।
आजको राशिफल
मेषः आज समय शुभ छैन । हिम्मतले काम लिन नसक्दा केही पछि परिनेछ । लेनदेनमा पनि विवाद बढ्ने सम्भावना छ। मानसम्मानमा आघात पुग्न सक्छ। हिम्मतले काम लिन नसक्दा केही पछि परिनेछ। योजनाअनुसार अघि बढ्न नसकिए पनि नियमित काम भने बन्नेछन्। खानपानको अनियमितताले स्वास्थ्यमा समस्या देखिएला। माया प्रेममा मनमुटाव सिर्जना हुनेछ भने जीवन साथीको असहयोगले महत्वपूर्ण उपलब्धि गुम्न सक्छ । व्यापारमा तत्काल लगानी गर्ने समय नरहेकोले केही समय पर्खनु उचित हुनेछ ।
वृषः आज समय खराब रहनेछ। धार्मिक वा सांस्कृतिक महत्वको यात्राको सम्भावना छ । दिक्क र झर्कोलाग्दो दिन भए पनि साँझमा शुभ कुराको सङ्केत मिल्नेछ । बिर्सिसकेको आफन्त वा साथीभाइसित भेटघाट हुने सम्भावना छ । आफन्त वा साथीभाइले गर्नैपर्ने काममा समेत सघाउ पुर्याउन सक्दैनन्, त्यसैले आफ्नै बुद्धि र बलको प्रयोग गरेमा अन्त्यमा सफलता प्राप्त गर्नु हुनेछ । आज आमासँग मनमुटाव बढ्नेछ । विश्वास गरेकाहरुबाट धोका हुन सक्छ सजक रहनुहोला ।
मिथुनः आज समय शुभ छ । प्रभावशाली र ठूला मानिसको सहयोग जुटाउन सकिन्छ । आमाको सहयोगबाट फाइदा मिल्नेछ । सामाजिक कार्यले सम्मानित स्थान दिलाउनेछ । तर, स्वास्थ्यमा समस्या आउन सक्छ । सम्झौताले खिन्नता बढाउनेछ भने बुद्धिको उपयोगले लक्ष्य प्राप्त गर्न सकिने छ । भूमि तथा मातृधनबाट लाभ लिने समय छ । विगतका कमजोरीलाई सुधार गर्ने मौका छ । सभा सभारोहमा सहभागी भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ। व्यापार व्यावसाय फस्टाएर जाने हुनाले आम्दानीका स्रोतहरु बढाउन सकिनेछ ।
कर्कटः आज समय मध्यम खालको छ। विचारलाई तौलेर मात्र व्यक्त गर्नु बुद्धिमानी हुनेछ । पोशाक, पहिरन र सरसफाइमा ध्यान पुर्याउने समय मिल्नेछैन। काममा विघ्नबाधा उपस्थित हुन सक्छन्। आर्थिक क्रियाकलापमा सोचेको फाइदा नउठ्न सक्छ । प्रशंसकहरूले पनि आलोचना गर्न सक्छन् । मान–सम्मानमा आघात पर्ने देखिन्छ । व्यापार व्यावसायमा लगानी गरे अनुसार प्रतिफल प्राप्त नहुने हुँदा मन खिन्न हुनेछ । माया प्रेममा एक अर्काबीच मनमुटाव सिर्जना हुनेछ ।
सिंहः आज समय शुभ छ । सोच र विषयवस्तुप्रति मन केन्द्रित हुनेछ । गोपनीय ढंगले गरिएको कामबाट मनग्य फाइदा हुनेछ । सुखद् समाचारले अझ उत्साह बढ्नेछ । पढाइलेखाइमा प्रगति हुनेछ । बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिने छ। रचनात्मक कार्यमा जुट्दा प्रशस्तै फाइदा हुने समय छ । गुरुजनको विशेष सहयोग प्राप्त हुनेछ । प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ। जीवन साथीसँग रमाईलो यात्राको तय गर्न सकिनेछ भने एकल तथा साझेदारी व्यावसायबाट प्रशस्त आम्दानी गर्न सकिनेछ ।
कन्याः आज समय शुभ रहेको छ । चुनौतीहरू पन्छाउँदै रोकिएका काम बनाउन सकिने छ । टाढाको यात्रा गर्ने अवसर जुट्न सक्छ। व्यवसायमा लगानी बढाउन सकिने छ। स्वास्थ्यप्रति सतर्क रहनु पर्छ । भेटघाटमा अलमलिनाले नियमित काममा बाधा पुग्न सक्छ। चुनौती देखिए पनि स्वाभिमानको रक्षा गर्न सकिने छ। दिगो आम्दानी हुने काम फेला पार्न सकिने छ। राजनीतिमा पनि पदप्रतिष्ठा कायम हुन सक्ने छ । उच्च पदस्थ व्यक्तित्वसँग भेटघाट हुन तथा योजना आदि तर्जुमा गर्न सकिनेछ। कार्यक्षेत्रबाट यथोचित भौतिक लाभ हातपर्ने ग्रहयोग देखिन्छ ।
तुलाः आज समय शुभ छ । श्रमको उचित मूल्याङ्कन हुनेछ । गरेका कामबाट प्रशस्त लाभ हुने समय छ । समय उत्साहवर्द्धक रहनेछ । व्यापारमा प्रशस्त फाइदा हुनेछ। आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हात लाग्ने समय छ । पितृधन उपयोग गर्दा अझ लाभ हुन सक्छ। नयाँ ज्ञान प्राप्त हुनेछ। दाम, नाम, इनाम हातपार्ने बेला छ। छुट्टिएका माया प्रेम पुनः जोडिने अधिक सम्भावना रहेकोछ भने नयाँ प्रेम प्रस्ताव आउनेछ । शिक्षा क्षेत्रसँग सम्बन्धित पेशा व्यावसायबाट मनग्य धन कमाउन सकिनेछ।
वृश्चिकः आज समय शुभ छ । पराक्रम र उत्साह बढ्नेछ । व्यापारिक वा दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन् । अर्थलाभका अवसर आउने छन् । तीर्थव्रत तथा देवालय आदिको भ्रमण हुन सक्छ । मित्रवर्ग र बन्धुवान्धवबाट सहयोगको अपेक्षा गर्न सकिन्छ । देवालय, मठमन्दिर वा सार्वजनिक प्रतिष्ठानको दर्शन, भ्रमण वा अवलोकन गर्दा शान्तिको अनुभूति प्राप्त हुनेछ । पढाई लेखाईमा मन जानेछ भने शिक्षा क्षेत्रको लगानी फस्टाएर जानेछ । प्रेममा रमाउन चाहनेका लागि समयले साथ दिनेछ ।
धनुः आज समय भरोषा गर्न योग्य छैन। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट खासै लाभ पाउन सकिंदैन । लामो समयदेखि काम बन्न नसकेकाले मनमा निराशा र वैराग्यका भावना टुसाउन सक्छन् । यद्यपि सामाजिक दायित्व बढ्नेछ । प्रयत्न गर्दा महत्वपूर्ण वस्तु लाभ हुन सक्छ । अरूलाई प्रभावित पारेर दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । तर प्रेममा एकअर्कालाई विश्वास गर्न नसक्दा टाढिनु पर्ने बाध्यता आउन सक्छ । न्यायिक निर्णय तपाईँको पक्षमा नआउने हुनाले केही दिनका लागि पछि सार्नु उपयूक्त हुनेछ।
मकरः आज समय शुभ छैन । काममा अनावश्यक प्रतिस्पर्धा गर्नुपर्ला । परदेश वा दूरदराजका क्षेत्रबाट लाभ लिन सकिने छ । लेनदेनको कारणले विवाद आउने सम्भावना छ । विपरीत लिङ्गीहरूबाट पनि सचेत हुनुपर्छ । अनावश्यक दौडधूपमा समय बित्नेछ । फाइदाका लागि योजनाहरू गोप्य राख्न आवश्यक देखिन्छ । आफ्ना विषयवस्तुमा अरूले अधिकार जमाउन सक्छन् । आज जताबाट पनि समस्या आइलाग्ने देखिन्छ । आम्दानीको तुलनामा खर्च ज्यादा रहनेछ । चनाखो भर्ई सकेसम्म खर्च जोगाउनु नै राम्रो हुनेछ ।
कुम्भः आज समय शुभ छ । स्वास्थ्यले साथ राम्रै दिनेछ । काममा जाँगर बढ्नेछ, जागीर खाने ईच्छा भएमा प्रयास गर्नुहोस् सफलता मिल्ने छ । तपाईंले आँटेका सबै काममा राम्रो सफलता, परिश्रम अनुसारको आर्थिक लाभ राम्रो पाउनु हुनेछ । समय विशेष शुभ रहेकाले धार्मिक कार्यमा लगानी गरेमा लाभ तथा पुण्य मिल्नेछ। मानसिक शान्ति तथा आरामपूर्वक सोचेका, शुरु गरेका काम सम्पन्न हुनेछन् । होटल व्यवसायी, दूध, नगदेवालीमा संलग्न व्यक्तिलाई आज राम्रो छ।
मीनः आज समय उपयुक्त छैन। आँटेका काम बन्ने सङ्केत छैन। अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ वा सानातिना घरेलु काममै अल्झनुपर्दा मन खिन्न रहनेछ। प्रयत्न गरे पनि परिश्रम निरर्थक हुनेछ । आश्वासन बाँड्नेको भर पर्नु हुँदैन, झुक्याउन सक्छन्। व्यावसायिक काममा खर्च बढ्नेछ। सवारीमा सावधानी अपनाउनुहोला। आज केही काम बन्ने, केही अधुरा रहने जस्तो छ । गाडी चलाउँदा विशेष ख्याल गर्नुहोला ।
साइत (यात्रा): सूर्य मिथुन राशिमा, चन्द्रमा सिंह राशिमा रहनेछ । त्यसैले उत्तरबाहेक अन्य दिशाको यात्रा नगर्नुहोला । आज शनिबार परेकाले पूर्वतर्फको यात्रा गर्दै नगर्नुहोला । आज पश्चिम, पूर्व र दक्षिणतर्फको यात्रा बाध्यताबश गर्नैपरेको छ भने धार्मिक उपाय अपनाएर शुभ बेलामा गर्दा राम्रो हुनेछ ।
शुभ लाभादि बेला (दिवा)
बिहान ५ः०७ बजेदेखि ६ः५१ बजेसम्म काल बेला
बिहान ६ः५१ बजेदेखि ८ः३५ बजेसम्म शुभ बेला
बिहान ८ः३५ बजेदेखि १०ः१९ बजेसम्म रोग बेला
बिहान १०ः१९ बजेदेखि १२ः०३ बजेसम्म उद्धेग बेला
मध्यान्हमा १२ः०३ बजेदेखि १ः४६ बजेसम्म चर बेला
दिनमा १ः४६ बजेदेखि ३ः३० बजेसम्म लाभ बेला
दिनमा ३ः३० बजेदेखि ५ः१४ बजेसम्म अमृत बेला
दिनमा ५ः१४ बजेदेखि ६ः५८ बजेसम्म काल बेला
शुभ लाभादि बेला (रात्रि)
साँझ ६ः५८ बजेदेखि ८ः१४ बजेसम्म शुभ बेला
साँझ ८ः१४ बजेदेखि ९ः३० बजेसम्म रोग बेला
राति ९ः३० बजेदेखि १०ः४६ बजेसम्म उद्धेग बेला
राति १०ः४६ बजेदेखि १२ः०३ बजेसम्म चर बेला
राति १२ः०३ बजेदेखि १ः१९ बजेसम्म लाभ बेला
राति १ः१९ बजेदेखि २ः३५ बजेसम्म अमृत बेला
रातिमा २ः३५ बजेदेखि ३ः५१ बजेसम्म काल बेला
रातिमा ३ः५१ बजेदेखि ०५ः०७ बजेसम्म शुभ बेला
यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।
राहुकाल समयः बिहानमा ९ः०० देखि १०:३० बजेसम्म राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।
नोटः यो पञ्चांगको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौँ, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेदस्थान र विपरीत वेदस्थान समेतको गणना गरिएको छ ।





