काठमाडौँ । नेपाली बजारमा बिहीबार पनि सुनचाँदीको भाउ घटेको छ। बुधबारको तुलनामा बिहीबार सुनको भाउ तोलामा एक सय र चाँदीको ३५ रुपैयाँ घटेको हो।
मूल्य घटेसँगै बिहीबार छापावाला सुनको भाउ प्रतितोला दुई लाख ९७ हजार दुई सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ ।
यसअघि बुधबार सुनको भाउ प्रतितोला दुई लाख ९७ हजार तीन सय रुपैयाँ रहेको थियो।
यता, बुधबार प्रतितोला चार हजार नौ सय ८० रुपैयाँमा कारोबार भएको असली चाँदीको भाउ बिहीबार घटेर चार हजार नौ सय ४५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
सुनचाँदीको मूल्य हालसम्मकै उच्च गत माघ १५ गते भएको थियो ।
उक्त दिनमा सुन प्रतितोला तीन लाख ३९ हजार तीन सय र चाँदी सात हजार पाँच सय पाँच रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढावका कारण स्थानीय बजारमा पनि सुनको मूल्य प्रभावित भएको बजार विश्लेषकहरूको दाबी छ ।
अन्तर्राष्ट्रिय बजारमा हुने उतारचढावका आधारमा नेपालमा महासंघले दैनिक रूपमा सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ।




