Nidan Media

नेप्सेमा सामान्य करेक्सन, परिसूचक घट्दा पनि चार अर्बको कारोबार

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा मंगलबार सामान्य गिरावट आएको छ। साताको तेस्रो कारोबार दिन नेप्से ६.३१ अङ्कले घटेर दुई हजार ७०५.४५ विन्दुमा झरेर बन्द भएको हो।

कारोबारको सुरुदेखि नै बजारमा बिक्रीचाप देखिए पनि लगानीकर्ताको सक्रियता भने कायम रह्यो। परिसूचक घट्दा पनि कारोबार रकम चार अर्ब रुपैयाँभन्दा माथि पुगेको छ।

आज ३५५ वटा कम्पनीको एक करोड सात लाख आठ हजार ५९६ कित्ता सेयर किनबेच हुँदा चार अर्ब चार करोड ७८ लाख ५८ हजार ८४ रुपैयाँभन्दा बढीको कारोबार भएको छ।

कारोबार भएका कम्पनीमध्ये ८० कम्पनीको सेयर मूल्य बढेको छ भने १७७ कम्पनीको मूल्य घटेको छ। १५ कम्पनीको सेयर मूल्य स्थिर रहेको नेप्सेले जनाएको छ।

उपसूचकतर्फ १३ मध्ये ११ समूह राताम्मे देखिएका छन्। व्यापार र म्युचुअल फन्ड समूह मात्रै हरियालीमा रहे भने अन्य सबै उपसूचकमा गिरावट आएको छ।

आजको कारोबारमा सोपान फर्मास्युटिकल्सका लगानीकर्ताले सबैभन्दा बढी कमाएका छन्। कम्पनीको सेयर मूल्य १५ प्रतिशतले बढेको छ। एपोलो हाइड्रोपावरको सेयर मूल्य पनि १४.९८ प्रतिशतले उकालो लागेको छ।

यता, सयपत्री हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा बढी घाटा बेहोरेका छन्। कम्पनीको सेयर मूल्य ४.९० प्रतिशतले घटेको छ भने युनिक नेपाल लघुवित्त वित्तीय संस्थाको मूल्य ४.०३ प्रतिशतले ओरालो लागेको छ।

कारोबार रकमका आधारमा आँखुखोला जलविद्युत कम्पनी अग्रस्थानमा रह्यो। उक्त कम्पनीको ३१ करोड ९९ लाख ४५ हजार ९५ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

सिद्धार्थ बैंक १८ करोड २७ लाख रुपैयाँभन्दा बढीको कारोबारसहित दोस्रो र रिलायन्स स्पिनिङ मिल्स १५ करोड पाँच लाख रुपैयाँभन्दा बढीको कारोबार गर्दै तेस्रो स्थानमा रहे।

परिसूचकमा सामान्य गिरावट आए पनि कारोबार रकम चार अर्ब नाघ्नुले बजारमा लगानीकर्ताको सक्रियता कायमै रहेको संकेत गरेको छ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.