Nidan Media

आज विश्व रक्तदाता दिवस मनाइँदै

काठमाडौं । आज (आइतबार) विश्वभर विश्व रक्तदाता दिवस विभिन्न जनचेतनामूलक कार्यक्रमका साथ मनाइँदै छ। सुरक्षित रगतको उपलब्धता सुनिश्चित गर्न स्वेच्छिक रक्तदानको महत्वबारे सचेतना फैलाउने र नियमित रक्तदाताप्रति सम्मान व्यक्त गर्ने उद्देश्यले हरेक वर्ष जुन १४ मा यो दिवस मनाइने गरिन्छ।

नेपालमा पनि विभिन्न अस्पताल, सामाजिक संघसंस्था र रक्तसञ्चार केन्द्रहरूले रक्तदान कार्यक्रम, अन्तरक्रिया तथा जनचेतनामूलक अभियान सञ्चालन गरी दिवस मनाइरहेका छन्। रक्तदानले दुर्घटना, शल्यक्रिया, प्रसूति, क्यान्सर तथा विभिन्न जटिल रोगका बिरामीको उपचारमा महत्वपूर्ण भूमिका खेल्ने भएकाले नियमित रक्तदानलाई मानव सेवाको उत्कृष्ट कार्यका रूपमा लिइन्छ।

विश्व स्वास्थ्य संगठनका अनुसार सुरक्षित र पर्याप्त रगतको आपूर्ति सुनिश्चित गर्न स्वेच्छिक तथा नियमित रक्तदाताको संख्या बढाउनु आवश्यक छ। यही उद्देश्यसहित हरेक वर्ष फरक नारासहित दिवस मनाइँदै आएको छ।

नेपालमा पनि रक्त अभावको समस्या बेला–बेलामा देखिने भएकाले नागरिकलाई स्वेच्छिक रूपमा रक्तदान गर्न प्रेरित गर्दै विभिन्न कार्यक्रम आयोजना गरिएका छन्। यस अवसरमा ब्लड डोनर्स एसोसिएसन नेपाल लगायतका संस्थाहरूले रक्तदान अभियान सञ्चालन गर्नुका साथै नियमित रक्तदातालाई सम्मान गर्ने कार्यक्रम पनि गर्दै आएका छन्।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.