सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः ।
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दुःख भाग्भवेतः ।।
ॐ शान्तिः शान्तिः शान्तिः
आजको पञ्चाङ्ग
मिति २०८३ जेठ ३१ गते आइतबार, इस्वीसंवत जुन १४ तारिक सन् २०२६, श्रीशाके १९४८, नेपाल संवत् ११४६, रौद्रनामको संवत्सरः, सूर्य पृथ्वीको उत्तरी गोलार्द्धमा छन्। ग्रीष्म ऋतु चलिरहेको छ। चान्द्रमान अनुसार अधिकज्येष्ठकृष्णपक्ष चलिरहेको छ। सौरमान अनुसार आज अधिकज्येष्ठकृष्णपक्षको चतुर्दशी तिथि बिहानमा ११ः४० बजेसम्म त्यसपछि अमावश्य तिथि लाग्नेछ। नक्षत्रमा रोहिणी रातिमा १०ः४७ बजेसम्म त्यसपछि मृगशिरा नक्षत्र लाग्नेछ। विष्कुम्भादि योगमा धृति २१ घटि १६ पलासम्म त्यसपछि शूल योग लाग्नेछ। करणमा चतुष्पद अहोरात्र रहनेछ । आनन्दादि योगमा धाता रहनेछ।
सूर्य वृष राशिमा, चन्द्रमा वृष राशिमा रहनेछ । आज दिनमान ३४ घटि ३३ पला अर्थात १३ घण्टा ५२ मिनेटको रहनेछ । आज सूर्योदय काठमाडौँ केन्द्र विन्दुमा रही बिहानमा ५ः१० बजे रुद्र मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझमा ठीक ६ः५९ बजे हुनेछ । यस्तै, चन्द्रमा उदाउने रातिमा ३ः४६ बजे र अस्ताउने समय साँझ ६ः२७ बजे रहेको छ । आज विश्व रक्तदाता दिवस रहेको छ।
आजको राशिफल
मेषः आज समय सामान्यदेखि केही प्रतिकूल रहनेछ। प्रेम र पारिवारिक जीवनमा उतारचढाव देखिन सक्नेछ। जीवनसाथीसँग साना विषयमा पनि मतभेद हुन सक्ने भएकाले संयम आवश्यक छ। कुनै महत्वपूर्ण निर्णय लिनुअघि परिवारसँग सल्लाह गर्नु उपयुक्त हुनेछ। स्वास्थ्यप्रति विशेष ध्यान दिनुपर्ने देखिन्छ। कामको चापका कारण मानसिक थकान र आलस्य बढ्न सक्छ। विद्यार्थीका लागि आज कडा मेहनत बिना सफलता पाउन कठिन हुनेछ। हतारमा गरिएको निर्णयले ठूलो समस्या निम्त्याउन सक्छ। मनमा अनावश्यक तनाव बढ्ने सम्भावना रहेको छ। त्यसैले आज धैर्य र सावधानी अपनाउनु राम्रो हुनेछ।
वृषः आज समय निकै शुभ रहनेछ। आफ्नै राशिको चन्द्रमाको प्रभावले स्वास्थ्य अवस्था सामान्यतया राम्रो रहनेछ। पुराना लगानीबाट राम्रो प्रतिफल प्राप्त हुने सम्भावना छ। घरजग्गा तथा स्थिर सम्पत्तिबाट लाभ मिल्ने योग रहेको छ। मौसमी रोगबाट भने सावधानी अपनाउनु आवश्यक हुनेछ। कार्यक्षेत्रमा तपाईंको कामको प्रशंसा हुनेछ। पदोन्नतिको सम्भावना पनि देखिन्छ। साथीभाइसँगको भेटघाटले मन प्रसन्न रहनेछ। प्रतिस्पर्धामा सफलता प्राप्त हुने संकेत छ। समग्रमा आजको दिन उपलब्धिमूलक रहने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिन्छ।
मिथुनः आज समय सकारात्मक रहनेछ। आकस्मिक धन लाभ हुने सम्भावना देखिन्छ। लगानीसम्बन्धी कार्यमा लाभ मिल्न सक्छ। प्रेम सम्बन्धमा विश्वास र समझदारी बढ्नेछ। घरमा पाहुनाको आगमनले खुसीको वातावरण बन्नेछ। स्वास्थ्यमा सामान्य समस्या देखिन सक्छ, सतर्क रहनु राम्रो हुनेछ। टाउको दुखाइ वा आँखाको समस्या सताउन सक्छ। कार्यक्षेत्रमा नयाँ जिम्मेवारी थपिन सक्छ। विद्यार्थीलाई ध्यान केन्द्रित गर्न कठिनाइ हुन सक्छ। समग्र दिन मिश्रित भए पनि सकारात्मक परिणाम दिने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिन्छ।
कर्कटः आज समय मध्यम रहनेछ। वृष राशिमा चन्द्रमा रहन्दा लाभ र हानिको मिश्रित अवस्था देखिन्छ। अनावश्यक खर्च नियन्त्रण गर्नु आवश्यक हुनेछ। प्रेम सम्बन्धमा समझदारी आवश्यक देखिन्छ। परिवारमा ज्येष्ठ सदस्यको स्वास्थ्यले चिन्ता दिन सक्छ। सन्तानतर्फबाट खुसीको समाचार प्राप्त हुन सक्छ। स्वास्थ्यमा सुधार देखिने संकेत छ तर खानपानमा ध्यान दिनुहोला । सरकारी वा प्रशासनिक क्षेत्रमा राम्रो अवसर मिल्नेछ। महत्वपूर्ण निर्णय गर्दा सावधानी अपनाउनु उपयुक्त हुनेछ। धैर्य राखेमा दिन सामान्य रूपमा सफल बन्न सक्ने ग्रहगोचर रहेको छ।
सिंहः आज समय शुभ रहने भए पनि यात्रामा सावधान हुनुपर्नेछ । बौद्धिक क्षमता प्रदर्शन गर्ने अवसर मिल्नेछ,जसले आत्मविश्वास उच्च रहनेछ। कठिन काम पनि सहजै सम्पन्न हुनेछ। व्यापारमा नयाँ सम्झौता हुन सक्ने सम्भावना रहेको छ। जीवनसाथीको सहयोगले कार्यक्षेत्रमा सफलता मिल्ने ग्रहगोचर छ। विद्यार्थीका लागि केही चुनौती आए पनि समाधान गर्न सकिनेछ। सहकर्मीको सहयोगले महत्वपूर्ण काम सम्पादन हुनेछ। आज धार्मिक वा आध्यात्मिक कार्यतर्फ रुचि बढ्नेछ। समग्रमा आज उपलब्धिमूलक दिन रहने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिन्छ।
कन्याः आज समय केही कमजोर रहने र स्वास्थ्यमा सामान्य समस्या देखिनेछ। गोप्य कुराहरू अरूसँग साझा नगर्दा राम्रो हुनेछ। आज आर्थिक व्यवस्थापनमा विशेष ध्यान दिनु आवश्यक रहेको छ। खर्च आम्दानीभन्दा बढी हुँदा र तनाव बढ्नेछ। लगानी तथा सट्टेबाजीबाट टाढा रहनु उचित हुनेछ। प्रेम र पारिवारिक सम्बन्धमा तनाव पनि तनाव हुने सक्ने देखिएको छ। शिक्षा र करियरमा थप मेहनत आवश्यक हुनेछ। काममा सावधानी अपनाउन नसक्दा समस्या बढ्दै जाने ग्रहगोचर रहेको छ। धैर्य र सतर्कता अपनाउनु नै बुद्धिमानी हुनेछ।
तुलाः आज समय शुभ रहनेछ। स्वास्थ्य अवस्था सामान्य राम्रो रहनेछ। घरमा नयाँ सदस्यको आगमनको सम्भावना छ। साझेदारीका कामबाट लाभ मिल्ने देखिएको छ। लामो यात्राको योजना बन्नेछ भने आर्थिक पक्ष बलियो रहनेछ। साथीसँग व्यवहार गर्दा सतर्क हुनुहोला । व्यापारमा राम्रो नाफा हुनेछ। पारिवारिक जीवन सुखद रहने ग्रहगोचर छ। जीवनसाथीसँग सम्बन्ध अझ मजबुत बन्नेछ। आज गरिएको लगानीबाट भविष्यमा राम्रो मुनाफा हुनेछ । तर ऋण सम्बन्धी काममा सावधानी अपनाउनु राम्रो हुने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिन्छ।
वृश्चिकः आज समय चुनौतीपूर्ण रहनेछ। स्वास्थ्यमा पेटसम्बन्धी समस्या देखिनेछ। जीवनसाथीसँग असमझदारी बढ्नेछ भने खर्च बढ्ने सम्भावना रहेको छ। अनावश्यक तनावले मन अशान्त हुन सक्छ। यात्रामा विशेष सावधानी अपनाउनु आवश्यक रहेको छ। पारिवारिक विवादको सम्भावना देखिएको छ। आर्थिक कारोबारमा विशेष सतर्कता आवश्यक छ। नयाँ लगानी स्थगित गर्नु राम्रो हुनेछ। धैर्यले मात्र दिन सहज बन्न सक्छ। आज सकभर यात्रा र आर्थिक कारोबार नगर्दा राम्रो हुने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ ।
धनुः आज समय निकै शुभ रहनेछ। चन्द्रमाको सकारात्मक प्रभावले नयाँ अवसर प्राप्त हुनेछ। रोकिएको धन फिर्ता आउन सक्नेछ। व्यापार र उद्योगमा ठूलो सफलता मिल्नेछ। टाढाका मित्रहरूबाट सहयोग प्राप्त हुनेछ। आज गरिने विदेशसम्बन्धी काममा प्रगति हुनेछ। समाजमा प्रतिष्ठा बढ्ने ग्रह गोचर छ। लामो समयपछि आमाबाबासँग भेटघाट हुनेछ । विद्यार्थीका लागि उत्कृष्ट परिणाम आउने र प्रेम सम्बन्धमा पनि उत्साह बढ्नेछ। समग्र आजको दिन अत्यन्त सकारात्मक रहने योग रहेको छ।
मकरः आज समय त्यति शुभ रहने छैन। स्वास्थ्य समस्याले तनाव बढाउनेछ। पारिवारिक सम्बन्धमा पनि मनमुटाव हुन सक्नेछ। नयाँ काम शुरु गर्दा सावधानी अपनाउन आवश्यक रहेको छ। व्यापारमा उतारचढाव आउने सम्भावना रहेको छ। विद्यार्थीलाई ध्यान केन्द्रित गर्न कठिनाइ हुनेछ। प्रेम सम्बन्धमा दूरी बढ्न सक्ने देखिएको छ। आज अन्य दिनको तुलनामा खर्च बढ्ने सम्भावना देखिन्छ। धार्मिक कार्यतर्फ मन जानेछ। धैर्य र संयम अपनाउन आवश्यक रहने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ।
कुम्भः आज समय शुभ रहनेछ। स्वास्थ्य सामान्य राम्रो रहनेछ। दिन रमाइलो र उपलब्धिमूलक बन्नेछ। साथीभाइसँग भेटघाट र मनोरञ्जनको अवसर मिल्नेछ। पारिवारिक जीवन सुखद रहनेछ। सन्तानतर्फबाट खुसीको खबर मिल्न सक्छ। नयाँ काम शुरू गर्नका लागि उपयुक्त समय रहेको छ। कार्यक्षेत्रमा उच्च अधिकारीको सहयोग मिल्नेछ। शैक्षिक क्षेत्रमा प्रतिस्पर्धी कमजोर हुनेछन्। खानपानमा सन्तुलन मिलाउनु भयो भने शरीरमा अझ बढी स्फूर्ति बढ्नेछ । साँझपख घरमा कुनै मांगलिक कार्य हुनेछ । स्वास्थ्यको दृष्टिकोणले आजको दिन अनुकूल छ।
मीनः आज समय केही प्रतिकूल रहनेछ। अनावश्यक विवादमा फसिने सम्भावना रहेको छ। आफ्नो काममा मात्र ध्यान दिन आवश्यक हुनेछ। आर्थिक कारोबारमा सावधानी अपनाउनु उपयुक्त हुनेछ। आर्थिक विषयले पारिवारिक तनाव बढ्नेछ। सहकर्मीसँग पनि असमझदारी बढ्दै जानेछ। कामको चापले मानसिक तनाव बढ्नेछ। व्यापारमा आम्दानी र खर्च बराबर हुनेछ। प्रेम सम्बन्धमा विश्वासको कमी देखिनेछ। धैर्य र समझदारीले आजको दिन सहज बन्ने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ।
साइत (यात्रा): सूर्य वृष राशिमा, चन्द्रमा वृष राशिमा रहनेछ । त्यसैले पूर्व र दक्षिणबाहेक अन्य दिशाको यात्रा नगर्नुहोला । आज आइतबार परेकाले पश्चिमतर्फको यात्रा गर्दै नगर्नुहोला । आज उत्तर र पश्चिमतर्फको यात्रा बाध्यताबश गर्नैपरेको छ भने धार्मिक उपाय अपनाएर शुभ बेलामा गर्दा राम्रो हुनेछ ।
शुभ लाभादि बेला (दिवा)
बिहान ५ः०७ बजेदेखि ६ः५१ बजेसम्म उद्धेग बेला
बिहान ६ः५१ बजेदेखि ८ः३५ बजेसम्म चर बेला
बिहान ८ः३५ बजेदेखि १०ः१९ बजेसम्म लाभ बेला
बिहान १०ः१९ बजेदेखि १२ः०३ बजेसम्म अमृत बेला
मध्यान्हमा १२ः०३ बजेदेखि १ः४६ बजेसम्म काल बेला
दिनमा १ः४६ बजेदेखि ३ः३० बजेसम्म शुभ बेला
दिनमा ३ः३० बजेदेखि ५ः१४ बजेसम्म रोग बेला
दिनमा ५ः१४ बजेदेखि ६ः५८ बजेसम्म उद्धेग बेला
शुभ लाभादि बेला (रात्रि)
साँझ ६ः५८ बजेदेखि ८ः१४ बजेसम्म उद्धेग बेला
साँझ ८ः१४ बजेदेखि ९ः३० बजेसम्म चर बेला
राति ९ः३० बजेदेखि १०ः४६ बजेसम्म लाभ बेला
राति १०ः४६ बजेदेखि १२ः०३ बजेसम्म अमृत बेला
राति १२ः०३ बजेदेखि १ः१९ बजेसम्म काल बेला
राति १ः१९ बजेदेखि २ः३५ बजेसम्म शुभ बेला
रातिमा २ः३५ बजेदेखि ३ः५१ बजेसम्म रोग बेला
रातिमा ३ः५१ बजेदेखि ०५ः०७ बजेसम्म उद्धेग बेला
यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।
राहुकाल समयः दिनमा ४ः३० देखि ६ः०० बजेसम्म राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।
नोटः यो पञ्चांगको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौँ, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेदस्थान र विपरीत वेदस्थान समेतको गणना गरिएको छ ।




