Nidan Media

प्रतिनिधिसभा बैठक भोलिसम्मका लागि स्थगित

काठमाडौँ । विपक्षी दलहरूले काम कार्वाही अघि बढ्न नदिएपछि प्रतिनिधिसभा बैठक भोलिसम्मका लागि स्थगित भएको छ ।

सभामुख डोलप्रसाद अर्यालले बुधबार बिहान ११ बजे बस्ने गरी बैठक स्थगित गरिएको र आजका लागि तय भएका सबै कार्यसूची हटाइएको जानकारी दिएका हुन्।

प्रतिनिधिसभाको बैठकको कारबाही शुरू शुनेबित्तिक्कै विपक्षी दलका सांसदहरूले उठेर विरोध गरेका थिए।

सभामुख अर्यालले संसद बैठक सञ्चालनका लागि सहयोग गर्न पटकपटक आग्रह गर्दा पनि विपक्षी दलहरूले नमानेपछि बैठक स्थिगत गरेका हुन् ।

प्रधानमन्त्री वालेन्द्र साह बालेनले १७ जेठमा नेपालले भारतको सीमा मिचेको भनेर दिएको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउनुपर्ने र प्रधानमन्त्रीले अभिव्यक्ति सच्याउनुपर्ने भन्दै विपक्षी दलका सांसदहरूले लगातार संसद अवरोध गरेका हुन्।

विपक्षी दलहरूले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मनलाग्दी ढंगले करका दर संशोधन गरेको आरोप लगाउँदै आर्थिक विधेयकमाथि गम्भीर छानबिन गर्न मागसमेत गरेका छन् ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.