सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः ।
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दुःख भाग्भवेतः ।।
ॐ शान्तिः शान्तिः शान्तिः
आजको पञ्चाङ्ग
मिति २०८३ जेठ २३ गते शनिबार, इस्वीसंवत जुन ५ तारिक सन् २०२६, श्रीशाके १९४८, नेपाल संवत् ११४६, रौद्रनामको संवत्सरः, सूर्य पृथ्वीको उत्तरी गोलार्द्धमा छन्। ग्रीष्म ऋतु चलिरहेको छ। चान्द्रमान अनुसार अधिकज्येष्ठकृष्णपक्ष चलिरहेको छ । सौरमान अनुसार आज अधिकज्येष्ठकृष्णपक्षको षष्ठी तिथि रातिमा १०ः२७ बजेसम्म त्यसपछि सप्तमी तिथि लाग्नेछ। नक्षत्रमा श्रवण रातिमा ३ः२७ बजेसम्म त्यसपछि धनिष्ठा नक्षत्र लाग्नेछ । विष्कुम्भादि योगमा ऐन्द्र ६ घटि २७ पलासम्म त्यसपछि वैधृति योग लाग्नेछ। करणमा गर अहोरात्र रहनेछ । आनन्दादि योगमा पवर्द्ध रहनेछ।
सूर्य वृष राशिमा, चन्द्रमा मकर राशिमा रहनेछ । आज दिनमान ३४ घटि २६ पला अर्थात १३ घण्टा ४८ मिनेटको रहनेछ । आज सूर्योदय काठमाडौँ केन्द्र विन्दुमा रही बिहानमा ५ः१० बजे यम मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझमा ठीक ६ः५६ बजे हुनेछ । यस्तै, चन्द्रमा उदाउने रातिमा ११ः२७ बजे र अस्ताउने समय भोलि बिहानमा ०९ः५८ बजे रहेको छ ।
आजको राशिफल
मेषः आजको दिन साहस, आत्मविश्वास र दृढताका साथ अघि बढ्ने अवसर प्राप्त हुनेछ। लामो समयदेखि सोचेर मात्र बसेका योजनाहरू कार्यान्वयन गर्ने उपयुक्त समय आएको छ। परिवारका सदस्यहरूबीच समझदारी र सहयोगको वातावरण बन्नेछ, जसले घरमा खुसी र उत्साह थप्नेछ। प्रेम सम्बन्धमा निकटता बढ्नेछ र प्रियजनसँग रमाइला क्षण बिताउने अवसर मिल्नेछ। रोकिएका रकम फिर्ता आउने वा नयाँ आम्दानीका स्रोत फेला पर्न सक्छन्। स्वास्थ्यमा सुधार आउनेछ र मन प्रसन्न रहनेछ।
वृषः आजको दिन केही सतर्कता अपनाउनुपर्ने देखिन्छ। अरूको आश्वासन वा कुरामा अत्यधिक विश्वास गर्दा पछि निराशा हात लाग्न सक्छ। आम्दानी भइरहे पनि खर्चको दबाबले आर्थिक सन्तुलन बिग्रन सक्ने संकेत छ। पारिवारिक वातावरणमा सामान्य तनाव आउन सक्छ, त्यसैले धैर्य र संयम अपनाउनु बुद्धिमानी हुनेछ। स्वास्थ्यप्रति बेवास्ता नगर्नुहोला, विशेषगरी खानपान र आराममा ध्यान दिन आवश्यक छ। विद्यार्थीहरूले अध्ययनमा थप मेहनत गर्नुपर्ने देखिन्छ। आज कुनै पनि निर्णय हतारमा नगरी सोचविचार गरेर अघि बढेमा अनावश्यक समस्या टार्न सकिनेछ।
मिथुनः आजको दिन उपलब्धिमूलक र उत्साहजनक रहने सम्भावना छ। धार्मिक, सामाजिक वा सेवामूलक कार्यमा सहभागी हुँदा सम्मान प्राप्त हुनेछ। तपाईंले कसैलाई दिएको सहयोगले सकारात्मक परिणाम ल्याउनेछ र त्यसबाट आत्मसन्तुष्टि मिल्नेछ। दीर्घकालीन योजना बनाउन तथा भविष्यका लागि महत्वपूर्ण निर्णय लिन उपयुक्त समय रहेको छ। सिर्जनात्मक क्षमता बढ्ने भएकाले कला, साहित्य वा नयाँ सोचसँग सम्बन्धित काममा सफलता मिल्नेछ। आर्थिक पक्ष सामान्यभन्दा राम्रो रहनेछ। यद्यपि साँझपख केही मानसिक थकान महसुस हुन सक्छ।
कर्कटः आज धार्मिक तथा आध्यात्मिक क्षेत्रमा विशेष आकर्षण बढ्नेछ। मनमा सकारात्मक सोचको विकास हुनेछ र आत्मिक शान्तिको अनुभूति हुनेछ। शिक्षासम्बन्धी लगानी वा प्रयासबाट राम्रो प्रतिफल प्राप्त हुने संकेत देखिन्छ। कार्यक्षेत्रमा आत्मविश्वास र उत्साह बढ्ने भएकाले जिम्मेवारी सफलतापूर्वक पूरा गर्न सकिनेछ। परिवारका सदस्यसँग बसेर महत्वपूर्ण विषयमा निर्णय लिन सकिनेछ। पुराना स्वास्थ्य समस्याबाट राहत मिल्नेछ भने खानपानमा सन्तुलन कायम राखेमा थप लाभ हुनेछ। साँझपख घरमा शुभकार्य, धार्मिक जमघट वा पारिवारिक खुसीको वातावरण बन्न सक्छ।
सिंहः आजको दिन धैर्य र समझदारीको परीक्षा लिन सक्ने खालको देखिन्छ। पारिवारिक जीवनमा सामान्य उतारचढाव आउन सक्छ, तर संयमित व्यवहारले समस्या समाधान गर्न सकिनेछ। आर्थिक पक्ष मध्यम रहने भएकाले खर्च व्यवस्थापनमा विशेष ध्यान दिन आवश्यक छ। व्यापार वा व्यवसायमा नयाँ लगानीभन्दा पुराना कामलाई व्यवस्थित बनाउन लाभदायक हुनेछ। साथीभाइप्रति अनावश्यक शंका गर्दा सम्बन्धमा दूरी आउन सक्छ। विद्यार्थीहरूले अध्ययनमा एकाग्रता बढाउनुपर्ने देखिन्छ। सामाजिक क्षेत्रमा सक्रिय भए पनि आलोचना सुन्नुपर्ने अवस्था आउन सक्छ।
कन्याः आज पारिवारिक वातावरण केही संवेदनशील रहन सक्ने देखिन्छ। घरमा सानो विषयले पनि विवादको रूप लिन सक्ने भएकाले शान्त र संयमित व्यवहार आवश्यक हुनेछ। आफन्त वा नजिकका व्यक्तिसँग विचार नमिल्दा मानसिक तनाव बढ्न सक्छ। कामको चापले थकान र बेचैनी महसुस हुन सक्छ। विद्यार्थीहरूले अपेक्षित नतिजा नपाउँदा केही निराशा अनुभव गर्न सक्छन्, तर निरन्तर प्रयासले सुधार ल्याउन सकिनेछ। घरबाट निस्कँदा ज्येष्ठ सदस्यको आशीर्वाद लिनु शुभ रहनेछ। सवारी साधन चलाउँदा, नयाँ लगानी गर्दा वा व्यवसाय विस्तारका योजना बनाउँदा विशेष सावधानी अपनाउनु राम्रो हुनेछ।
तुलाः आजको दिन खुसी, भेटघाट र सकारात्मक अनुभवले भरिएको रहनेछ। लामो समयपछि पुराना साथीभाइसँग पुनर्मिलन हुन सक्नेछ, जसले पुराना सम्झना ताजा बनाउनेछ। रचनात्मक काममा रुचि बढ्नेछ र त्यसबाट सन्तुष्टि प्राप्त हुनेछ। आर्थिक पक्ष मजबुत रहनेछ। पुरस्कार, उपहार वा अतिरिक्त लाभ प्राप्त हुने सम्भावना पनि देखिन्छ। प्रेम सम्बन्ध सहज र सुखद रहनेछ। परिवारका सदस्यबाट आवश्यक सहयोग र सद्भाव प्राप्त हुनेछ। स्वास्थ्य राम्रो रहने भएकाले शरीरमा ऊर्जा र उत्साह बढ्नेछ। कला, साहित्य तथा संगीततर्फ आकर्षण बढ्नेछ। यद्यपि वैदेशिक यात्रा वा विदेशसम्बन्धी विषयमा केही तनाव आउन सक्छ।
वृश्चिकः आजको दिन सावधानीपूर्वक अघि बढ्नुपर्ने संकेत देखिएको छ। प्रतिस्पर्धी वा विरोधी पक्ष सक्रिय हुन सक्ने भएकाले आफ्नो गोपनीयता र योजनाको सुरक्षा गर्नु आवश्यक छ। स्वास्थ्यमा सामान्य उतारचढाव आउन सक्छ, त्यसैले बाहिरको अस्वस्थकर खानपानबाट टाढा रहनु बुद्धिमानी हुनेछ। यात्रा वा सवारी साधन प्रयोग गर्दा विशेष सतर्कता अपनाउनुहोला। आर्थिक रूपमा खर्च बढ्न सक्ने भएकाले अनावश्यक खर्च नियन्त्रण गर्न आवश्यक छ। विद्यार्थीहरूका लागि परिश्रमको दिन रहनेछ। हतारमा निर्णय नगरी धैर्यपूर्वक काम गरेमा सफलता प्राप्त हुनेछ।
धनुः आजको दिन भाग्यले साथ दिने देखिएको छ। धार्मिक, सामाजिक तथा आध्यात्मिक कार्यमा सहभागी हुँदा मनमा सन्तुष्टि र सम्मान दुवै प्राप्त हुनेछ। लामो समयदेखि रोकिएका आर्थिक कामहरू पूरा हुनेछन् र अड्किएको रकम हात पर्न सक्छ। कार्यक्षेत्रमा प्रभाव र प्रतिष्ठा बढ्नेछ। नयाँ योजना वा प्रस्ताव स्वीकृत हुने सम्भावना बलियो छ। वरिष्ठ व्यक्तिहरूको साथ र सुझावले महत्त्वपूर्ण उपलब्धि दिलाउन सक्छ। पारिवारिक जीवन सुखद रहनेछ र जीवनसाथी तथा सन्तानबाट सहयोग प्राप्त हुनेछ।
मकरः आज जिम्मेवारी र अवसर दुवै बढ्ने संकेत देखिन्छ। नयाँ पद, जिम्मेवारी वा नेतृत्वको अवसर प्राप्त हुन सक्छ। आर्थिक क्षेत्रमा सुधार आउनेछ र व्यापारिक यात्रा लाभदायक साबित हुनेछ। परिवारका सदस्यको भावना बुझेर व्यवहार गर्दा सम्बन्ध अझ मजबुत बन्नेछ। स्वास्थ्य सामान्य रहने भए पनि खानपानमा लापरबाही नगर्नु उचित हुनेछ। कामको चाप बढ्दा थकान महसुस हुन सक्छ, त्यसैले पर्याप्त आराम पनि आवश्यक छ। विद्यार्थीहरूका लागि अध्ययनमा राम्रो प्रगति हुने संकेत छ।
कुम्भः आज रोकिएका कामहरू पूरा हुने र पुराना लेनदेन मिल्ने सम्भावना देखिएको छ। पारिवारिक सम्बन्धमा मिठास बढ्नेछ र घरमा खुसीको वातावरण बन्नेछ। नयाँ पाहुनाको आगमन वा शुभ समाचार प्राप्त हुन सक्छ। साथीभाइको सहयोगले अधुरा काम समयमै सम्पन्न हुनेछन्। स्वास्थ्यमा सुधार आउँदा मानसिक तनाव पनि कम हुनेछ। प्रेम सम्बन्धमा समझदारी र विश्वास बढ्नेछ। नयाँ सम्बन्ध सुरु गर्न चाहनेहरूका लागि पनि समय अनुकूल रहेको छ।
मीनः आज आफन्त तथा मान्यजनको आशीर्वादले आत्मविश्वास र मनोबल बढ्नेछ। सामाजिक तथा धार्मिक कार्यक्रममा सक्रिय सहभागिता रहनेछ र त्यसबाट सम्मान प्राप्त हुन सक्छ। व्यापार तथा व्यवसायमा गरिएको लगानीबाट सन्तोषजनक लाभ प्राप्त हुनेछ। नयाँ क्षेत्रमा लगानी विस्तार गर्ने योजना बनाइरहनुभएको छ भने समय अनुकूल देखिन्छ। जीवनसाथीसँगको पुरानो असमझदारी हट्नेछ र सम्बन्धमा मिठास बढ्नेछ। रोकिएका कामहरूले गति लिनेछन्। मनोरञ्जन, घुमफिर वा पारिवारिक कार्यक्रममा केही खर्च हुन सक्छ।
साइत (यात्रा): सूर्य वृष राशिमा, चन्द्रमा मकर राशिमा रहनेछ । त्यसैले उत्तर र पश्चिमबाहेक अन्य दिशाको यात्रा नगर्नुहोला । आज शनिबार परेकाले पूर्वतर्फको यात्रा गर्दै नगर्नुहोला । आज दक्षिण र पूर्वतर्फको यात्रा बाध्यताबश गर्नैपरेको छ भने धार्मिक उपाय अपनाएर शुभ बेलामा गर्दा राम्रो हुनेछ ।
शुभ लाभादि बेला (दिवा)
बिहान ५ः१० बजेदेखि ६ः५३ बजेसम्म काल बेला
बिहान ६ः५३ बजेदेखि ८ः३५ बजेसम्म शुभ बेला
बिहान ८ः३५ बजेदेखि १०ः१८ बजेसम्म रोग बेला
बिहान १०ः१८ बजेदेखि १२ः०० बजेसम्म उद्धेग बेला
मध्यान्हमा १२ः०० बजेदेखि १ः४३ बजेसम्म चर बेला
दिनमा १ः४३ बजेदेखि ३ः२५ बजेसम्म लाभ बेला
दिनमा ३ः२५ बजेदेखि ५ः०८ बजेसम्म अमृत बेला
दिनमा ५ः०८ बजेदेखि ६ः५० बजेसम्म काल बेला
शुभ लाभादि बेला (रात्रि)
साँझ ६ः५० बजेदेखि ८ः०८ बजेसम्म शुभ बेला
साँझ ८ः०८ बजेदेखि ९ः२५ बजेसम्म काल बेला
राति ९ः२५ बजेदेखि १०ः४३ बजेसम्म रोग बेला
राति १०ः४३ बजेदेखि १२ः०० बजेसम्म उद्धेग बेला
राति १२ः०० बजेदेखि १ः१८ बजेसम्म चर बेला
राति १ः१८ बजेदेखि २ः३५ बजेसम्म लाभ बेला
रातिमा २ः३५ बजेदेखि ३ः५२ बजेसम्म अमृत बेला
रातिमा ३ः५२ बजेदेखि ०५ः१० बजेसम्म काल बेला
यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।
राहुकाल समयः बिहानमा ९ः०० देखि १०ः३० बजेसम्म राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।
नोटः यो पञ्चांगको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौँ, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेदस्थान र विपरीत वेदस्थान समेतको गणना गरिएको छ ।





