Nidan Media

बढ्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनचाँदीको भाउ बढेको छ । सोमबारको तुलनामा मंगलबार सुनको भाउ तोलामा चार सय र चाँदीको ५० रुपैयाँ बढेको हो ।

मूल्य बढेसँगै मंगलबार छापावाला सुन प्रतितोला तीन लाख ११ हजार तीन सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ ।

यसअघि सोमबार सुनको भाउ प्रतितोला तीन लाख १० हजार नौ सय रुपैयाँ रहेकोे थियो ।

सुनको भाउ आइतबार प्रतितोला तीन लाख ११ हजार एक सय रुपैयाँ रहेको थियो ।

यता, सोमबार प्रतितोला पाँच हजार तीन सय ५५ रुपैयाँमा कारोबार भएको असली चाँदीको भाउ मंगलबार बढेर पाँच हजार चार सय पाँच रुपैयाँ पुगेको छ ।

सुनचाँदीको मूल्य हालसम्मकै उच्च गत माघ १५ गते भएको थियो । उक्त दिनमा सुन प्रतितोला तीन लाख ३९ हजार तीन सय र चाँदी सात हजार पाँच सय पाँच रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढावका कारण स्थानीय बजारमा पनि सुनको मूल्य प्रभावित भएको बजार विश्लेषकहरूको दाबी छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.