Nidan Media

तोलामा पाँच सय बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनचाँदीको भाउ वृद्धि भएको छ। सोमबारको तुलनामा मंगलबार सुनको भाउ तोलाको ५०० र चाँदीको ४५ रुपैयाँ बढेको हो ।

मूल्य बढेसँगै मंगलबार छापावाला सुनको भाउ प्रतितोला दुई लाख ९५ हजार ३०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ ।

यसअघि सोमबार सुनको भाउ प्रतितोला दुई लाख ९४ हजार ८०० रुपैयाँ रहेको थियो।

यता, सोमबार प्रतितोला पाँच हजार ४० रुपैयाँमा कारोबार भएको असली चाँदीको भाउ मंगलबार बढेर पाँच हजार ८५ रुपैयाँ पुगेको छ ।

सुनचाँदीको मूल्य हालसम्मकै उच्च गत माघ १५ गते भएको थियो । उक्त दिनमा सुन प्रतितोला तीन लाख ३९ हजार तीन सय र चाँदी सात हजार पाँच सय पाँच रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढावका कारण स्थानीय बजारमा पनि सुनको मूल्य प्रभावित भएको बजार विश्लेषकहरूको दाबी छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.