Nidan Media

मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं वीरगञ्जबाट पक्राउ परेका छन् ।

उनलाई वीरगञ्जस्थित दियोलो होटलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

उनीलाई ‘माथिको आदेश’ भन्दै प्रहरीले पक्राउ गरेको बताइएको छ ।

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउन महाअभियान नेपालका संयोजक समेत रहेका प्रसाईं सोमबार सिमरा विमानस्थल हुँदै वीरगञ्ज पुगेका थिए ।

वीरगञ्जमा मंगलबार हुने कार्यक्रममा सहभागी हुन उनी त्यहाँ पुगेका हुन् ।

सो क्रममा उनले विमानस्थलमै सञ्चारकर्मीसँग कुराकानी गरेका थिए ।

वर्तमान सरकार र राष्ट्रिय स्वतन्त्र पार्टी का सांसदहरूमाथि उनले विभिन्न आलोचनात्मक टिप्पणी गरेका थिए ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.