Nidan Media

जुवातास खेल्दै गरेका आठ जना पक्राउ, दुई लाख ८७ हजार नगद बरामद

पोखरा । कास्कीको मादी गाउँपालिका-५ सुनपदेंलीबाट जुवातास खेल्ने तथा खेलाउने कार्यमा संलग्न आठ जना पक्राउ परेका छन् ।

वैशाख ३० गते साँझ करिब ६ बजे जुवातास खेलाइरहेको भन्ने सूचनाका आधारमा नेपाल प्रहरी प्रदेश कार्यालय पोखराको प्राविधिक सहयोगमा लोकेसन पत्ता लगाई वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरी टोलीले छापा मारेको थियो ।

प्रहरीले छापामार्ने क्रममा नगद दुई लाख ८७ हजार आठ सय ८० रुपैयाँ र चार बुक तास बरामद गरेको जनाएको छ ।

पक्राउ परेका ८ जनामाथि जिल्ला प्रशासन कार्यालय कास्कीबाट सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्धको कसूरअन्तर्गत “जुवा खेल्न वा सट्टेबाजी गर्न नहुने” मुद्दामा १० दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.