Nidan Media

प्रधानमन्त्रीले जवाफ नदिए सदन बहिस्कार गर्ने कांग्रेसको चेतावनी

काठमाडौँ । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ प्रधानमन्त्रीले नदिए प्रतिनिधिसभा बैठक बहिस्कार गर्ने चेतावनी दिएका छन् ।

बुधबारको प्रतिनिधिसभा बैठकमा विपक्षी दलका तर्फबाट बोल्दै उनले प्रधानमन्त्रीबाट लगातार संसदीय परम्परा, मान्यता र मूल्य-पद्धतिको उपेक्षा भइरहेको आरोप लगाए ।

उनले प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले तोकेको मन्त्रीले सदनमा विषय प्रस्तुत गर्ने परम्परा रहेको उल्लेख गर्दै प्रस्तुतिकरणमा आपत्ति नभए पनि जवाफ दिने क्रममा प्रधानमन्त्री अनुपस्थित भए कांग्रेस सहभागी नहुने बताए ।

‘प्रधानमन्त्रीबाट एकपछि अर्को गर्दै संसदीय परम्परा, मान्यता र मूल्य-पद्धतिमाथि उपेक्षा भइरहेको हाम्रो धारणा छ,’ उनले भने।

उनले थपे, ‘प्रधानमन्त्रीको अनुपस्थितिमा तोकिएको मन्त्रीले विषय टेबल गर्ने परम्परा हो । प्रस्तुत गर्न मन्त्री आउँदा हाम्रो आपत्ति छैन । तर जवाफ दिने बेलामा पनि प्रधानमन्त्री अनुपस्थित हुने हो भने हामी बैठकमा सहभागी हुन सक्दैनौँ, बहिस्कार गर्नुपर्ने अवस्था आउँछ ।’

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.