Nidan Media

पेट्रोल-ग्यासको प्रयोग घटाउन मोदीको आग्रह

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पेट्रोल, ग्यास र डिजेलको प्रयोग घटाउनुपर्ने बताएका छन् ।

हैदराबादमा भारतीय जनता पार्टी (भाजपा) को एक र्यालीलाई सम्बोधन गर्दै उनले छिमेकी क्षेत्रमा भइरहेको युद्धका कारण विश्वभर पेट्रोल र डिजेलको मूल्य धेरै बढेको बताएका हुन् ।

प्रधानमन्त्री मोदीले भारत विश्वव्यापी ऊर्जा संकटबाट बढी प्रभावित भइरहेको उल्लेख गर्दै देशसँग ठूला तेलका स्रोत नरहेको बताए ।

उनले “आज हामीलाई घरबाट काम गर्ने जस्ता उपाय आवश्यक छन् । मेट्रो सेवा भएका शहरमा मानिसहरूले मेट्रो प्रयोग गर्नुपर्छ,” भनेका छन् ।

मोदीले विगतमा युद्धका समयमा मानिसहरूले सुन दान गर्ने गरेको स्मरण गर्दै अहिले भने सुन खरिद कम गर्नुपर्नेमा जोड दिएका छन् ।

“आज दानको आवश्यकता छैन, तर हामीले अर्को एक वर्षसम्म कुनै पनि कार्यक्रमको बहानामा सुन नकिन्ने प्रतिज्ञा गर्नुपर्छ । यसले विदेशी मुद्रा बचत गर्न मद्दत गर्नेछ,” उनले बताएका छन् ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.