Nidan Media

बढ्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा साताको पहिलो दिन सुनचाँदीको मूल्यमा उतारचढाव देखिएको छ ।

गत शुक्रबारको तुलनामा आइतबार सुनको भाउ तोलामा एक हजार र चाँदीको २५ रुपैयाले बढेको हो ।

मूल्य बढेसँगै आइतबार छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ९८ हजार ९०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ।

यसअघि गत शुक्रबार छापावाल सुन प्रतितोला रु दुई लाख ९९ हजार नौ सय रुपैयाँमा कारोबार भएको थियो।

यता असली चाँदी प्रतितोला रु पाँच हजार ३०० मा कारोबार भइरहेको छ ।

यसअघि शुक्रबार चाँदी प्रतितोला पाँच हजार २७५ मा खरिदबिक्री भएको थियो ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.