Nidan Media

लाउरा फर्नान्डेज कोस्टारिकाकी नयाँ राष्ट्रपति

काठमाडौँ। कोस्टारिकाकी नयाँ राष्ट्रपति लाउरा फर्नान्डेजले पद तथा गोपनीयताको शपथ ग्रहण गरेकी छन् । सान होसेस्थित राष्ट्रिय रङ्गशालामा आयोजित विशेष समारोहबीच उनले आगामी चार वर्षका लागि राष्ट्रपतिको कार्यभार सम्हालेकी हुन् ।

३९ वर्षीया फर्नान्डेजलाई निवर्तमान राष्ट्रपति रोड्रिगो चाभेसले राष्ट्रपतीय ओहोदाको प्रतीक ‘पटुका’ हस्तान्तरण गरेका थिए । समारोहमा विभिन्न देशका विशिष्ट अतिथिसहित करिब २० हजार सर्वसाधारणको उपस्थिति रहेको थियो ।

सार्वभौम जनपार्टीका तर्फबाट उम्मेदवार बनेकी फर्नान्डेजले गत फागुन १ गते सम्पन्न निर्वाचनमा विजय हासिल गरेकी थिइन् । यसअघि उनले राष्ट्रिय योजना तथा आर्थिक नीति मन्त्री र त्यसपछि राष्ट्रपतीय मन्त्रीको जिम्मेवारी सम्हालिसकेकी छन् ।

राष्ट्रपतिको रूपमा आफ्नो पहिलो सम्बोधनमा फर्नान्डेजले अपराध नियन्त्रणलाई सरकारको प्रमुख प्राथमिकता बनाउने बताइन् । उनले राज्यका निकायमा लागुऔषध तस्करीको प्रभाव रोक्न कडा कदम चाल्ने प्रतिबद्धता पनि व्यक्त गरिन् ।

सोही अवसरमा उनले मुलुकमा ठूलो केन्द्रीय कारागार निर्माण गर्ने तथा विश्वकै अत्याधुनिकमध्ये एक प्रहरी निगरानी केन्द्र स्थापना गर्ने योजना सार्वजनिक गरिन् ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.