काठमाडौँ । धादिङमा भूकम्प गएको छ । आज बिहान ११ बजेर १४ मिनेट जाँदा भूकम्पको धक्का महसुस गरिएको हो ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार धादिङको चराङ्गफेदी आसपास केन्द्रविन्दु भएर भूकम्प गएको हो ।
भूकम्पको तीव्रता ४.१ रेक्टर स्केल मापन गरिएको बताइएको छ ।
भूकम्प २०७२ साल वैशाख १२ गते गएको गोरखा भूकम्पको पराकम्पन भएको बताइएको छ ।
भूकम्पको धक्का काठमाडौँ उपत्यकासहित आसपासका जिल्लामा समेत महसुस गरिएको जनाइएको छ ।
हालसम्म कुनै ठूलो क्षतिको विवरण प्राप्त नभएको र विस्तृत विवरण संकलन भइरहेको सम्बन्धित निकायले जनाएको छ ।




