Nidan Media

चार दिनपछि सञ्चालनमा आयो बीपी राजमार्ग, सावधानी अपनाउन प्रहरीको आग्रह

रामेछाप । वर्षाका कारण रोशीखोलाले बगाएको डाइभर्सन मर्मतपछि अवरुद्ध रहेको बीपी राजमार्ग सञ्चालनमा आएको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेले सूचना जारी गर्दै राजमार्गमा हाल सवारीसाधन सञ्चालन भइरहेको जनाएको हो ।

यद्यपि यात्रु तथा चालकलाई लेन अनुशासन कायम गर्न, ट्राफिक नियम पालना गर्न र सावधानीपूर्वक यात्रा गर्न आग्रह गरिएको छ ।

प्रहरीले सुरक्षासम्बन्धी सुझाव तथा निर्देशन अनिवार्य रूपमा पालना गर्न पनि अनुरोध गरेको छ ।

राजमार्गको अवस्थाबारे थप जानकारी आवश्यक परे १०० र १०३ नम्बरमा सम्पर्क गर्न सकिने जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

रोशीखोलामा आएको बाढीले डाइभर्सन बगाएपछि बीपी राजमार्ग चार दिनदेखि पूर्ण रूपमा अवरुद्ध बनेको थियो ।

राजमार्ग अवरुद्ध हुँदा पूर्वी नेपालबाट काठमाडौँ आउने तथा बाहिरिने सयौँ सवारीसाधन प्रभावित भएका थिए ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.