Nidan Media

श्रीकृष्णको प्रिय दिनमा राशिफल

सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः ।

सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दुःख भाग्भवेतः ।।

ॐ शान्तिः शान्तिः शान्तिः

आजको पञ्चाङ्ग

मिति २०८३ वैशाख २३ गते बुधबार, इस्वीसंवत मे ६ तारिक सन् २०२६, श्रीशाके १९४८, नेपाल संवत् ११४६, रौद्रनामको संवत्सरः, सूर्य पृथ्वीको उत्तरी गोलाद्र्धमा छन् । वसन्त ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार शुद्धज्येष्ठकृष्णपक्ष चलिरहेको छ । सौरमान अनुसार आज शुद्धज्येष्ठकृष्णपक्षको पञ्चर्मी तिथि अहोरात्र रहनेछ। नक्षत्रमा मूल बिहानमा ११ः४० बजेसम्म त्यसपछि पूर्वाषाढा नक्षत्र लाग्नेछ । विष्कुम्भादि योगमा सिद्धि ४५ घटि ०१ पलासम्म त्यसपछि साध्य योग लाग्नेछ । करणमा कौलव रहनेछ । आनन्दादि योगमा ध्वज रहनेछ ।

सूर्य मेष राशिमा, चन्द्रमा धनु राशिमा रहनेछ । आज दिनमान ३३ घटि ११ पला अर्थात १३ घण्टा १९ मिनेटको रहनेछ । आज सूर्योदय काठमाडौँ केन्द्र विन्दुमा रही बिहानमा ५ः२३ बजे तुरुदेव मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझमा ठीक ६ः४० बजे हुनेछ । यस्तै, चन्द्रमा उदाउने रातिमा १०ः५७ बजे र अस्ताउने समय भोलि बिहान ८ः१९ बजे रहेको छ ।

 

आजको पञ्चाङ्ग

मेषः आज समय खराब रहनेछ । प्रेम र पारिवारिक जीवनमा केही उतारचढाव देखिन सक्नेछ। जीवनसाथीसँग सामान्य विषयमा मतभेद हुन सक्ने भएकाले सतर्क रहनुपर्नेछ। कुनै महत्वपूर्ण काम गर्दा परिवारका सदस्य सल्लाह गर्न आवश्यक छ । स्वास्थ्यको मामिलामा पनि आज तपाईंले विशेष ध्यान दिनुपर्ने देखिएको छ। कामको चापले गर्दा मानसिक थकान र शरीरमा आलस्य महसुस हुनेछ। विद्यार्थीले कडा मेहनत गर्न सकेमात्र उत्कृष्ट नतिजा आउनेछ। हतारमा निर्णय गर्दा हुने सानो गल्तीले ठूलो रूप लिन सक्ने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ ।

वृषः आज समय शुभ रहनेछ भने स्वास्थ्यप नि राम्रो रहनेछ । पुराना लगानीबाट राम्रो प्रतिफल प्राप्त हुने ग्रहयोग रहेको छ। विशेषगरी घरजग्गा वा स्थिर सम्पत्तिसम्बन्धी कारोबारीलाई आकस्मिक लाभ मिल्नेछ । तर आज मौसमी बिमारीबाट बच्नका लागि सचेत रहनुपर्ने देखिएको छ। शिक्षा र करियरको क्षेत्रमा तपाईंका प्रतिस्पर्धीहरू परास्त हुनेछन्। कार्यस्थलमा तपाईंको भूमिकाको उच्च प्रशंसा हुनेछ । जसले पदोन्नतिको सम्भावनाको ढोको खोल्नेछ । साथीभाइसँगको भेटघाटले मनलाई प्रफुल्ल बनाउनेछ भने सम्बन्ध थप प्रगाढ बन्नेछ।

मिथुनः आज समय शुभ छ । नसोचेको ठाउँबाट धन आउन सक्नेछ। सामूहिक लगानी वा सेयर बजारमा रुचि राख्नेहरूका लागि आजको दिन शुभ रहेको  छ। प्रेम सम्बन्धमा विश्वास बढ्नेछ। घरमा पाहुनाहरूको आगमनले पारिवारिक माहोल रमाइलो बनाउनेछ । तर आज स्वास्थ्यमा भने हेलचेक्र्याइँ नगर्नुहोला । टाउको दुख्ने वा आँखाको समस्याले तनाव दिने दिन पनि रहेको छ । कार्यालयमा केही नयाँ जिम्मेवारी थपिन सक्नेछ। आज विद्यार्थीहरूलाई अध्ययनमा ध्यान केन्द्रित गर्न गाह्रो हुन सक्ने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ ।

कर्कटः आज समय मध्यम खालको रहनेछ । लाभ, हानी दुवै हुनसक्ने ग्रहगोचर रहेको छ । आज तपाईंले अनावश्यक विलासितामा हुने खर्चलाई नियन्त्रण गर्नुपर्ने देखिन्छ । प्रेम सम्बन्धमा केही समझदारीको आवश्यकता पनि देखिन्छ। त्यसैले आआफ्ना सानातिना कमजोरीलाई नजरअन्दाज नगर्नुहोला । परिवारका ज्येष्ठ सदस्यको स्वास्थ्य अवस्थाले चिन्ता थप्नेछ । तर छोराछोरीका तर्फबाट भने खुसीको समाचार सुन्न पाइनेछ। स्वास्थ्यमा सुधारको संकेत देखिनेछ। सरकारी जागिर वा प्रशासनिक क्षेत्रमा लाग्नेहरूका लागि दिन अनुकूल रहेको छ।

सिंहः आज समय शुभ छ । धनु राशिको चन्द्रमाको सकारात्मक प्रभावले बौद्धिक क्षमता प्रदर्शन गर्ने अवसर मिल्नेछ। जसले तपाईंको आत्मविश्वास उच्च रहनेछ । कठिन कार्यहरू पनि सहजै सम्पन्न हुनेछन्। व्यापारमा नयाँ सम्झौता हुन सक्ने ग्रहगोचर रहेको छ । जीवनसाथीको पूर्ण समर्थनले तपाईंको कार्यक्षेत्रमा सकारात्मक प्रभाव पार्नेछ। शिक्षाको क्षेत्रमा आज केही चुनौती आउने देखिन्छ तर सहकर्मीको सहयोगले चुनौती पार लाग्नेछन् । आज गरिने धार्मिक यात्राले तपाईंकोमन प्रशन्न र शान्त रहनेछ ।

कन्याः आज समय खराब रहनेछ । स्वास्थ्य पनि भरपर्दो रहनेछैन। आफ्ना गोप्य कुराहरू कसैलाई नभन्नुहोला। आर्थिक व्यवस्थापनमा ध्यान दिन आवश्यक रहेको छ । आम्दानी भन्दा खर्च बढी हुने योग रहेकाले ध्यान पुर्याउन आवश्यक छ। शेयर बजार वा सट्टापट्टामा जोखिम नलिनु नै बुद्धिमानी हुनेछ। प्रेम र पारिवारिक सम्बन्धमा सानो कुराले पनि ठूलो रूप लिन सक्नेछ। शिक्षा र करियरमा तपाईंले थप मिहिनेत गर्नुपर्ने देखिएको छ। कडा परिश्रम बिना सफलता हासिल गर्न गाह्रो हुनेछ।

तुलाः आज समय शुभ छ । घरमा नयाँ सदस्यको आगमन हुनेछ । स्वास्थ्य अवस्था सुदृढ रहनेछ। साझेदारीका काममा लाभ हुने योग रहेको छ। लामो दुरीको यात्राको योजना बन्न सक्नेछ। आर्थिक दृष्टिले आजको दिन निकै सुखद् रहनेछ। व्यापार व्यवसायमा राम्रो नाफा हुनेछ। पुराना लगानीहरूले प्रतिफल दिन थाल्नेछन्। पारिवारिक जीवन सुखी र शान्त रहनेछ। जीवनसाथीसँगको सामीप्यताले मनमा उत्साह भर्नेछ। तर एक्कासि छालासम्बन्धी समस्या देखिन सक्छ, सतर्क हुनुहोला। ऋण लिने वा दिने काम पनि आज नगर्नुहोला ।

वृश्चिकः आजको दिन खराब रहनेछ । जीवनसाथीको पूर्ण सहयोग नहुँदा काममा समस्या पर्नेछ । स्वास्थ्यको दृष्टिकोणमा पेटसम्बन्धी समस्याले सताउन सक्नेछ,खानपानमा ध्यान पुर्याउनुहोला । आर्थिक मामिलामा केही उतारचढाव आउनेछ। नसोचेको खर्चले गर्दा तनाव हुनेछ । यात्रा र नयाँ व्यवसायमा लगानी गर्दा निकै होसियारी अपनाउनुहोला। सन्तानका कारण आफन्तसँग मनमुटाव हुन सक्नेछ, ख्याल गर्नुहोला । आज सकेसम्म तपाईंको हातबाट आर्थिक कारोबार नगर्दा राम्रो हुने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ।

धनुः आज समय निकै शुभ रहनेछ । आफ्नै राशिमा चन्द्रमा रहँदा नयाँ योजनाहरू कार्यन्वयनमा आउनेछन्। व्यापार र उद्योगको क्षेत्रमा ठूलो सफलता प्राप्त गर्ने ग्रहयोग छ। रोकिएको धन फिर्ता आउनेछ। मित्रजनको सहयोगले असम्भव काम पनि सम्पन्न हुनेछ । वैदेशिक क्षेत्रसँग सम्बन्धित काममा पनि उच्च सफलता मिल्नेछ । समाजमा तपाईँको प्रभाव बढ्नेछ। विद्यार्थीहरूले सोचे जस्तो परिणाम हासिल गर्नेछन्। प्रेम सम्बन्धमा नयाँ उत्साह थपिनेछ। प्रतिस्पर्धामा तपाईँको अग्रता रहनेछ। सन्तानको प्रगतिले गौरवको अनुभूति गराउनेछ।

मकरः आज समय खराब रहनेछ भने स्वास्थ्य समस्याले तनाव बढाउनेछ । आफन्तहरूसँग सानो कुरामा पनि चित्त दुख्न सक्छ। नयाँ काममा हात हाल्नुअघि राम्ररी सोच्न आवश्यक छ। व्यापारमा उतारचढाव आउन सक्नेछ। विद्यार्थीहरूका लागि समय चुनौतीपूर्ण रहेको छ, जसले एकाग्रताको कमी हुनेछ। प्रेम सम्बन्धमा केही दूरी बढ्न सक्ने भएकाले सतर्क हुनुहोला। तर बुबाआमाको आशिर्वादले ठूलो समस्या टर्ने ग्रहगोचर रहेको छ। धार्मिक क्षेत्रको यात्राले मनलाई शान्ति दिनेछ ।

कुम्भः आज समय शुभ रहनेछ । स्वास्थ्य राम्रो रहनेछ । दिन निकै रमाइलो र लाभदायक रहनेछ। साथीभाइ र आफन्तसँग भेटघाट गर्ने र रमाइलो गर्ने अवसर मिल्नेछ। पारिवारिक जीवनमा सुख र शान्ति छाउनेछ। सन्तानको तर्फबाट खुसीको खबर मिल्नेछ। नयाँ काम वा व्यवसाय सुरु गर्नका लागि आजको दिन निकै उत्तम रहेको छ। कार्यक्षेत्रमा उच्च अधिकारीहरूको सहयोग प्राप्त हुनेछ। प्रतिद्वन्द्वीहरू कमजोर हुनेछन् र तपाईँको वर्चस्व कायम रहनेछ। विद्यार्थीहरूका लागि आजको दिन उपलब्धिमूलक रहने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ ।

मीनः आज समय खराब रहनेछ । अनावश्यक विवादमा फसिने डर रहेको छ। त्यसैले आज आफ्नो काममा मात्र ध्यान दिनुहोला। कसैलाई उधारो दिनुअघि राम्रोसँग विचार गर्नुहोला। पारिवारिक कलह हुन सक्ने भएकाले संयमित भएर कुरा गर्नुहोला। कार्यक्षेत्रमा सहकर्मीसँग असमझ्दारी बढ्ने र कामको बोझ बढी हुनाले मानसिक तनाव बढ्ने ग्रहगोचर रहेको छ । व्यापारमा आम्दानी र खर्च बराबर जस्तै हुनेछ। प्रेम सम्बन्धमा विश्वासको कमी हुनेछ, एकअर्कालाई बुझ्ने प्रयास गर्नुपर्ने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ।

साइत (यात्रा): सूर्य मेष राशिमा, चन्द्रमा धनु राशिमा रहनेछ । त्यसैले पूर्वबाहेक अन्य दिशाको यात्रा नगर्नुहोला । आज बुधबार परेकाले उत्तरर्फको यात्रा गर्दै नगर्नुहोला । आज उत्तर, दक्षिण र पश्चिमतर्फको यात्रा बाध्यताबश गर्नैपरेको छ भने धार्मिक उपाय अपनाएर शुभ बेलामा गर्दा राम्रो हुनेछ ।

शुभ लाभादि बेला (दिवा)

बिहान ५ः२६ बजेदेखि ७ः०५ बजेसम्म लाभ बेला
बिहान ७ः०५ बजेदेखि ८ः४३ बजेसम्म अमृत बेला
बिहान ८ः४३ बजेदेखि १०ः२२ बजेसम्म काल बेला
बिहान १०ः२२ बजेदेखि १२ः०१ बजेसम्म शुभ बेला
मध्यान्हमा १२ः०१ बजेदेखि १ः४० बजेसम्म रोग बेला
दिनमा १ः४० बजेदेखि ३ः१८ बजेसम्म उद्धेग बेला
दिनमा ३ः१८ बजेदेखि ४ः५७ बजेसम्म चर बेला
दिनमा ४ः५७ बजेदेखि ६ः३६ बजेसम्म लाभ बेला

शुभ लाभादि बेला (रात्रि)

साँझ ६ः३६ बजेदेखि ७ः५७ बजेसम्म अमृत बेला
साँझ ७ः५७ बजेदेखि ९ः१८ बजेसम्म काल बेला
राति ९ः१८ बजेदेखि १०ः३९ बजेसम्म शुभ बेला
राति १०ः३९ बजेदेखि १२ः०० बजेसम्म रोग बेला
राति १२ः०० बजेदेखि १ः२२ बजेसम्म उद्धेग बेला
राति १ः२२ बजेदेखि २ः४३ बजेसम्म चर बेला
रातिमा २ः४३ बजेदेखि ४ः०४ बजेसम्म लाभ बेला
रातिमा ४ः०४ बजेदेखि ०५ः२५ बजेसम्म अमृत बेला
यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।

राहुकाल समयः दिनमा १२ः०० देखि १ः३० बजेसम्म राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।

नोटः यो पञ्चांगको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौँ, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेदस्थान र विपरीत वेदस्थान समेतको गणना गरिएको छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.