Nidan Media

सुनको भाउ सामान्य घट्दा चाँदीको बढ्यो

काठमाडौँ । नेपाली बजारमा साताको दोस्रो दिन सोमबार पनि सुनको भाउ घटेको छ भने चाँदीको बढेको छ।

आइतबारको तुलनामा सोमबार सुनको भाउ तोलामा तीन सय रुपैयाँ घट्को छ भने चाँदीको २० रुपैयाँ बढेको छ ।

आइतबार पनि सुनको भाउ तोलामा एक हजार रुपैयाँ घट्दा चाँदीको ६५ रुपैयाँ बढेको थियो।

मूल्य घटेसँगै सोमबार सुनको भाउ प्रतितोला दुई लाख ९४ हजार आठ सय र प्रति १० ग्रामको दुई लाख ५२ हजार सात सय ४५ रुपैयाँ कायम भएको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ ।

यसअघि आइतबार सुन प्रतितोला दुई लाख ९५ हजार एक सय र प्रति १० ग्रामको दुई लाख ५३ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यता, आइतबार प्रतितोला पाँच हजार १० रुपैयाँमा कारोबार भएको असली चाँदीको भाउ सोमबार बढेर पाँच हजार ३० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

सोमबार चाँदी प्रति १० ग्रामको मूल्य चार हजार तीन सय १२ रुपैयाँ कायम भएको छ।

सुनचाँदीको मूल्य हालसम्मकै उच्च गत माघ १५ गते भएको थियो ।

उक्त दिनमा सुन प्रतितोला तीन लाख ३९ हजार तीन सय र चाँदी सात हजार पाँच सय पाँच रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढावका कारण स्थानीय बजारमा पनि सुनको मूल्य प्रभावित भएको बजार विश्लेषकहरूको दाबी छ ।

 

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.