Nidan Media

ट्याक्टरले साइकललाई ठक्कर दिँदा छोरीको मृत्यु, बुबा घाइते

सर्लाही । सर्लाहीमा ट्याक्टरले साइकललाई ठक्कर दिँदा एक बालिकाको घटनास्थलमै ज्यान गएको छ भने उनका बुबा गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा लालबन्दी नगरपालिका वडा नं ९ निवासी ६ वर्षीया अन्शु भट्टराई रहेकी छन्।

दुर्घटनामा गम्भीर घाइते भएका ४० वर्षीय सन्तोष भट्टराईको लालबन्दीस्थित मोडेल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

शुक्रबार दिउँसो लालबन्दी नगरपालिका वडा नं ४ हरिवनमा  ना५त ३११३ नम्बरको ट्याक्टरले बुबाछाेरी सवार साइकललाई ठक्कर दिँदा दुर्घटना भएकाे प्रहरीले जनाएको छ ।

दुर्घटनामा संलग्न ट्याक्टर र चालक लालबन्दी नगरपालिका वडा नं १७ का ५० वर्षीय दुर्गामान थोकरलाई नियन्त्रणमा लिएर अनुसन्धान शुरू गरिएकाे प्रहरीले जनाएको छ।

बालिकाको शव पोस्टमार्टमका लागि मलंगवास्थित प्रादेशिक अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.