सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः ।
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दुःख भाग्भवेतः ।।
ॐ शान्तिः शान्तिः शान्तिः
आजको पञ्चाङ्ग
मिति २०८३ वैशाख १९ गते शनिबार, इस्वीसंवत मे २ तारिक सन् २०२६, श्रीशाके १९४८, नेपाल संवत् ११४६, रौद्रनामको संवत्सरः, सूर्य पृथ्वीको उत्तरी गोलार्द्धमा छन् । वसन्त ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार शुद्धज्येष्ठकृष्णपक्ष चलिरहेको छ । सौरमान अनुसार आज शुद्धज्येष्ठकृष्णपक्षको प्रतिपदा तिथि रातिमा ११ः३२ बजेसम्म त्यसपछि द्धितीया तिथि लाग्नेछ। नक्षत्रमा विशाखा अहोरात्र रहनेछ । विष्कुम्भादि योगमा व्यघात ३९ घटि १७ पलासम्म त्यसपछि वरियान योग लाग्नेछ । करणमा बालब रहनेछ । आनन्दादि योगमा शुभ रहनेछ ।
सूर्य मेष राशिमा, चन्द्रमा तुला राशिमा रहनेछ । आज दिनमान ३२ घटि ५८ पला अर्थात १३ घण्टा १३ मिनेटको रहनेछ । आज सूर्योदय काठमाडौँ केन्द्र विन्दुमा रही बिहानमा ५ः२६ बजे यम मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझमा ठीक ६ः३७ बजे हुनेछ । यस्तै, चन्द्रमा उदाउने साँझमा ७ः२४ बजे र अस्ताउने समय भोलि बिहान ५ः२० बजे रहेको छ ।
आजको राशिफल
मेषः आज शरीर ऊर्जावान रहनेछ। काममा नयाँ अवसर प्राप्त हुन सक्छ। परिवारमा खुसीको वातावरण देखिन्छ। यात्रा गर्ने सम्भावना पनि बढ्छ। स्वास्थ्य सामान्य रहनेछ तर खानपानमा ध्यान दिनु राम्रो हुन्छ। आर्थिक पक्ष सुधारतर्फ जाने संकेत छ। साथीबाट सहयोग मिल्नेछ। पुराना रोकिएका काम अघि बढ्नेछन्। आत्मविश्वास बढ्ने दिन हो। निर्णय सोचेर लिनु उपयुक्त हुनेछ। मनमा शान्ति र स्थिरता अनुभव हुनेछ।
वृषः आज काममा सफलता मिल्नेछ भने मन शान्त रहनेछ। व्यवसायमा लाभ हुने संकेत रहेको छ। पारिवारिक सम्बन्ध मजबुत बन्नेछ। पुराना विवाद समाधान हुनेछ। साथीहरूबाट सकारात्मक सहयोग मिल्नेछ। अध्ययनमा ध्यान केन्द्रित गर्न सहज हुनेछ। आर्थिक बचत बढाउने अवसर आउन सक्छ। स्वास्थ्यमा सानो सुधार देखिन्छ। नयाँ योजना शुरु गर्न राम्रो समय हो। धैर्य राख्दा सफलता प्राप्त हुनेछ।
मिथुनः आज संचारसम्बन्धी काम प्रभावकारी रहनेछ। नयाँ व्यक्तिसँग भेट हुने सम्भावना छ। काममा गति आउनेछ। मानसिक रूपमा उत्साह बढ्नेछ। यात्राबाट लाभ मिल्न सक्छ। परिवारमा रमाइलो वातावरण बन्नेछ। अध्ययनमा प्रगति देखिन्छ। आर्थिक अवसर प्राप्त हुन सक्छ। निर्णय छिटो लिनुपर्ने अवस्था आउन सक्छ। स्वास्थ्य सामान्य रहनेछ। साथीहरूको सहयोग उपयोगी बन्नेछ। आत्मविश्वास उच्च रहनेछ। नयाँ योजना सफल बन्नेछ।
कर्कः आज साथीसँग भावनात्मक सन्तुलन आवश्यक हुनेछ। पारिवारिक समर्थन बलियो देखिन्छ। काममा ढिलाइ भए पनि अन्ततः सफलता मिल्नेछ। आर्थिक पक्षमा सुधार आउने संकेत छ। पुराना चिन्ता कम हुँदै जानेछन्। मित्रसँग सम्बन्ध सुधार हुनेछ। अध्ययनमा एकाग्रता बढ्नेछ। स्वास्थ्यमा सामान्य सुधार देखिन्छ। नयाँ अवसर देखिन सक्छ। धैर्य राख्नु उपयुक्त हुनेछ। निर्णय सोचेर लिनु राम्रो हुनेछ भने आत्मबल वृद्धि हुनेछ।
सिंहः आज नेतृत्व क्षमता चम्किनेछ। काममा सम्मान प्राप्त हुनेछ। सामाजिक क्षेत्रमा प्रभाव बढ्नेछ। परिवारमा खुसी छाउनेछ। आर्थिक लाभ प्राप्त हुनेछ। यात्राबाट राम्रो अनुभव मिल्नेछ। पुराना कार्य सफलतापूर्वक सम्पन्न हुनेछन्। आत्मविश्वास बढ्नेछ। निर्णयमा स्पष्टता आउनेछ। नयाँ अवसर प्राप्त हुनेछ। साथी र परिवारबाट सहयोग मिल्नेछ। मनमा उत्साह रहनेछ भने पढाईमा सफलता नजिक हुनेछ। आजका लागि सकारात्मक सोच लाभदायक हुनेछ।
कन्याः आज योजना व्यवस्थित रहनेछ। स्वास्थ्य सामान्य रहनेछ। काममा शुद्धता र विशेष ध्यान दिन आवश्यक छ। आर्थिक पक्षमा सुधार देखिन्छ। पारिवारिक सहयोग प्राप्त हुनेछ। अध्ययनमा उत्कृष्ट प्रगतिको सम्भावना छ। पुराना समस्याको समाधान मिल्नेछ। नयाँ अवसर देखिन सक्छ। निर्णय सोचेर लिनु राम्रो हुनेछ। धैर्य र मेहनत आवश्यक हुनेछ। आत्मविश्वास बढ्नेछ। परिवारसँग समय बित्नेछ। मन शान्त रहनेछ। सकारात्मक सोच लाभदायक हुनेछ भने काममा सफलता मिल्नेछ।
तुलाः आज साथीसँगको व्यवहारलाई सन्तुलनमा राख्न आवश्यक हुनेछ। सामाजिक सम्बन्ध मजबुत बन्नेछ। काममा सहयोग प्राप्त हुनेछ। आर्थिक पक्ष स्थिर देखिन्छ। परिवारमा मेलमिलाप बढ्नेछ। यात्राको सम्भावना पनि रहेको छ। नयाँ अवसर आउन सक्छ, निर्णय सोचेर लिनु राम्रो हुनेछ। आत्मविश्वास बढ्नेछ भने धैर्य राख्नु लाभदायक हुनेछ। परिवारसँग समय रमाइलो बित्नेछ,जसले मन शान्त रहनेछ। सकारात्मक सोच सफलता दिलाउनेछ। आज राम्रो परिणाम मिल्नेछ।
वृश्चिकः आज समय उपयोगी र फलदायी बन्नेछ। नयाँ क्षेत्रमा लगानी गर्दा गहिरो सोच आवश्यक हुनेछ। काममा चुनौती आउन सक्छ। तर धैर्यले सफलता दिलाउनेछ। आर्थिक पक्षमा सुधार देखिन्छ। पारिवारिक सहयोग मिल्नेछ। पुराना समस्या समाधान हुनेछ। नयाँ अवसर प्राप्त हुन सक्छ, जसले आत्मविश्वास बढ्नेछ। मनमा स्थिरता आउनेछ। परिवारसँग सहयोग प्राप्त हुनेछ। धैर्य राख्दा सफलता मिल्नेछ। आजको दिन सकारात्मक रहनेछ।
धनुः आज यात्रामा उत्साह बढ्नेछ। काममा नयाँ जिम्मेवारी पनि आउन सक्छ। आर्थिक लाभ प्राप्त हुने संकेत छ। मित्रसँग सम्बन्ध राम्रो बन्नेछ। अध्ययनमा प्रगति देखिन्छ भने आत्मविश्वास उच्च रहनेछ। निर्णय छिटो लिनुपर्ने अवस्था आउन सक्छ। परिवारको सहयोग प्राप्त हुनेछ। नयाँ अवसर देखिन सक्छ। सकारात्मक सोच निकै लाभदायक हुनेछ। जागीरबाट विशेष सफलता प्राप्त हुनेछ। साथीहरूको सहयोग उपयोगी हुनेछ।
मकरः आज स्वास्थ्य सामान्य रहनेछ। परिश्रमको उचित फल मिल्नेछ। काममा स्थिरता देखिन्छ भने आर्थिक पक्ष सुधार हुँदै जानेछ। परिवारमा खुसी छाउनेछ। पुराना योजनाहरू सफल हुने सम्भावना छ। नयाँ रोजगारीका लागि अवसर प्राप्त हुनेछ। कम गर्दा धैर्य र मेहनत आवश्यक हुनेछ। आज गरिने नयाँ काममा परिवारको सहयोग मिल्नेछ,जसले मन शान्त रहनेछ। सकारात्मक सोचले राम्रो परिणाम मिल्नेछ। दिन सफल र सहज बन्नेछ भने साथीहरूको सहयोग उपयोगी हुनेछ।
कुम्भः आज तपाईंको स्वास्थ्य सामान्य रहनेछ। मनमा नयाँ सोच विकसित हुनेछ। काममा परिवर्तनको अवसर आउनेछ। मित्रसँगको भेट निकै रमाइलो हुनेछ। आर्थिक अवस्था सुधार हुनेछ। अध्ययनमा प्रगति हुनेछ। आत्मविश्वास बढ्नेछ। निर्णय छिटो लिनुपर्ने अवस्था आउन सक्छ। नयाँ अवसर प्राप्त हुनेछ। धैर्य राख्नु राम्रो हुन्छ। परिवारको सहयोग मिल्नेछ। सकारात्मक सोच राखेर काम गर्दा सफलता नजिक आउनेछ। साथीहरूको सहयोग उपयोगी हुनेछ भने आत्मबल बढ्ने दिन रहेको छ।
मीनः आज तपाईंको कल्पनाशक्ति बलियो रहनेछ। काममा ध्यान केन्द्रित हुनेछ। परिवारमा शान्त वातावरण रहनेछ। आर्थिक पक्ष सामान्य देखिन्छ। मित्रसँग राम्रो सम्बन्ध बन्नेछ। अध्ययनमा नयाँ अवसर प्राप्त हुनेछ। तर नयाँ निर्णय सोचेर लिनु राम्रो हुन्छ। आज काम गर्दा धैर्यता र मेहनत आवश्यक हुनेछ। नयाँ लगानीका लागि परिवारको सहयोग मिल्नाले मन शान्त रहनेछ। सकारात्मक सोच निकै लाभदायक हुनेछ भने साथीहरूको सहयोग उपयोगी हुनेछ।
साइत (यात्रा): सूर्य मेष राशिमा, चन्द्रमा तुला राशिमा रहनेछ । त्यसैले पश्चिम र दक्षिणबाहेक अन्य दिशाको यात्रा नगर्नुहोला । आज शनिबार परेकाले पूर्वतर्फको यात्रा गर्दै नगर्नुहोला । आज पूर्व र उत्तरतर्फको यात्रा बाध्यताबश गर्नैपरेको छ भने धार्मिक उपाय अपनाएर शुभ बेलामा गर्दा राम्रो हुनेछ ।
शुभ लाभादि बेला (दिवा)
बिहान ५ः२६ बजेदेखि ७ः०५ बजेसम्म काल बेला
बिहान ७ः०५ बजेदेखि ८ः४३ बजेसम्म शुभ बेला
बिहान ८ः४३ बजेदेखि १०ः२२ बजेसम्म रोग बेला
बिहान १०ः२२ बजेदेखि १२ः०१ बजेसम्म उद्धेग बेला
मध्यान्हमा १२ः०१ बजेदेखि १ः४० बजेसम्म चर बेला
दिनमा १ः४० बजेदेखि ३ः१८ बजेसम्म लाभ बेला
दिनमा ३ः१८ बजेदेखि ४ः५७ बजेसम्म अमृत बेला
दिनमा ४ः५७ बजेदेखि ६ः३६ बजेसम्म काल बेला
शुभ लाभादि बेला (रात्रि)
साँझ ६ः३६ बजेदेखि ७ः५७ बजेसम्म शुभ बेला
साँझ ७ः५७ बजेदेखि ९ः१८ बजेसम्म रोग बेला
राति ९ः१८ बजेदेखि १०ः३९ बजेसम्म उद्धेग बेला
राति १०ः३९ बजेदेखि १२ः०० बजेसम्म चर बेला
राति १२ः०० बजेदेखि १ः२२ बजेसम्म लाभ बेला
राति १ः२२ बजेदेखि २ः४३ बजेसम्म अमृत बेला
रातिमा २ः४३ बजेदेखि ४ः०४ बजेसम्म काल बेला
रातिमा ४ः०४ बजेदेखि ०५ः२५ बजेसम्म शुभ बेला
यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।
राहुकाल समयः बिहानमा ९ः०० देखि १०ः३० बजेसम्म राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।
नोटः यो पञ्चांगको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौँ, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेदस्थान र विपरीत वेदस्थान समेतको गणना गरिएको छ ।




