Nidan Media

कुलपूजामा जाँदै गर्दा जिप दुर्घटना, पाँच जना घाइते

पोखरा । पोखरा-२२ पुम्दीभुम्दीस्थित खाडेखोला नजिक आज बिहान जीप दुर्घटना हुँदा पाँच जना घाइते भएका छन्।

वेगनासबाट स्याङ्जाको सेतीदोभानस्थित कुलपूजामा जाँदै गरेको जिप दुर्घटनामा परेको हो।

पुम्दीभुम्दी क्षेत्रको खाडेखोला र सालडाँडाबीच सडकमा बा एए ७८९९ नम्बरको जिप अनियन्त्रित भई पल्टिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा जिपमा सवार पाँच जना घाइते भएका छन्। घाइतेहरूको विस्तृत पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।

प्रारम्भिक जानकारी अनुसार घाइतेहरू पोखरा बेगनासका बासिन्दा रहेको र उनीहरू धार्मिक कुलपूजामा सहभागी हुन जाँदै गर्दा दुर्घटनामा परेको बताइएको छ।

घटनापछि स्थानीयवासी र सुरक्षाकर्मीको सहयोगमा घाइतेहरूको तत्काल उद्धार गरिएको थियो।

सबै घाइतेको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल)मा उपचार जारी छ।

दुर्घटना भएको स्थान सडक घुम्ती र जोखिमपूर्ण भएकाले सवारी साधन नियन्त्रण गुमाउने सम्भावना बढी रहने गर्छ।

प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.